पर्यावरण संरक्षणमा सिमसारको महत्व
काठमाडौं । सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले अति मूल्यवान् प्राकृतिक प्रणालीको अंश मानिन्छ । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान प्रदान गर्दछ । सिमसारले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम राख्न, पहिरो रोकथाम संरक्षण गर्नु र माटोको पोषक तत्व कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्नुका साथै जलवायु परिवर्तन तथा भू–विनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा प्रदान गर्दछ ।
वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईँहामी सबैलाई ज्ञात नै छ । विभिन्न विद्वान तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण वा जैविक वस्तु हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तरक्रियाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तत्वलाई एक आपसमा आत्मनिर्भर बनाएको हुन्छ ।
पृथ्वीमा भएका अनेकौँ तत्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरुलाई समेत प्रभाव पार्दछ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्नचिह्न खडा गर्न सक्दछ । त्यसकारण पृथ्वीमा भएका विविध तत्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित हुन्छन् ।
जैविक विविधताको दृष्टिकोणले सिमसार क्षेत्रलाई अत्यन्त धनी क्षेत्रको रूपमा लिएको पाइन्छ । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासका साथै त्यस्ता क्षेत्रको बुद्धिमतापूर्ण प्रयोग गरी आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा टेवा पु-याउने उद्देश्यले अन्तर्राष्ट्रिय महत्वका सिमसार खासगरी, जलचरको बासस्थानसम्बन्धी सिमसार महासन्धि २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने सहरमा सम्पन्न भएको थियो । यो महासन्धि १९७५ देखि कार्यान्वयन हुन थालेको छ । महासन्धि जम्मा १२ धारामा विभाजित छ । हालसम्म आबद्ध देश एक सय ७० पुगेको छ । दुई हजार तीन सय १४ वटा सिमसार रामसारको सूचीमा सूचीकृत छन् । यी सिमसारले दुई सय ४५, सात सय १४, एक सय १२ हेक्टर क्षेत्र ओगटेको छ ।
नेपालमा करिब सात लाख ५० हजार हेक्टर अर्थात् करिब ५ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । देशभरिमा अति महत्वपूर्ण दुई सय ४३ वटा सिमसार क्षेत्र रहेको छ । रामसार सूचीमा नेपालमा १० वटा सिमसार सूचीकृत भएका छन् जुन कोशी टप्पु वन्यजन्तु आरक्षण, घोडाघोडी ताल, जगदिशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माइपोखरी र पोखराका तालहरू । पोखराका तालअन्तर्गत फेवा, वेगनाश, रूपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्यूरिनी र गुदेँ ताल पर्दछन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर रहेको छ । रामसार क्षेत्रको पहिचानको लागि निम्नलिखित आधारहरू हुनुपर्दछ ।
उपयुक्त जैविक विविधता क्षेत्रभित्र प्रतिनिधिमूलक, दुर्लभ वा विशिष्ट प्रकारको प्राकृतिक वा मानवनिर्मत सिमसार संरचना, अति संवेदनशील वा सङ्कटापन्न वा खतरापूर्ण जैविक प्रजाति परिस्थितिकीय समुदायलाई आश्रम प्रदान गर्ने सिमसार संरचना, खास क्षेत्रको जैविक विविधता कायम गर्नका लागि वनस्पति वा प्राणीको संख्या कायम गर्ने सिमसार संरचना, वनस्पति वा प्राणीको जीवन चक्रको अति संवेदशील अवस्थामा आश्रय प्रदान गर्ने सिमसार संरचना, नियमितरूपमा २० हाजार वा सोभन्दा बढीको संख्यामा पानीहाँसलाई आश्रय प्रदान गर्ने सिमसार संरचना, नियमितरूपमा कुनै एक प्रजाति वा उपप्रजातिका पानीहाँसको एक प्रतिशत जनसंख्या वा सोभन्दा बढीलाई आश्रय प्रदान गर्ने सिमसार संरचना, भूमण्डलीय जैविक विविधता संरक्षण गर्न वा सिमसारको फाइदा वा मूल्य कायम गर्न ततस्थानीय माछाका उपप्रजाति वा प्रजाति वा परिवार, जीवनचक्रका अवस्था, प्रजाति अन्तरक्रिया वा तिनीहरूको जनसंख्याले प्रतिनिधिमूलक योगदान गर्ने सिमसार संरचना, माछाका लागि आहारको महत्वपूर्ण स्रोत, फूल पार्ने वा बच्चा हुर्काउने स्थल, आवागमन मार्ग सिमसार क्षेत्रभित्र वा बाहिरको संरचना, नियमितरूपमा कुनै एक गैरपन्छी प्रजाति वा उपप्रजातिका सिमसारमा निर्भर प्राणीको एक प्रतिशत जनसंख्या वा सोभन्दा बढीलाई आश्रय प्रदान गर्ने सिमसार संरचना हुनुपर्दछ ।
विश्वभर सिमसार ४१ प्रकारका छन् । खेत, धाप, नदी किनार, ताल, पोखरी, कुण्डलगायतका क्षेत्र मिचेर विकासका पूर्वाधार खासगरी बस्ती विकास, खेती विस्तार, सडक निर्माण, विमानस्थल, विद्यालय, खेलमैदानलगायतका विभिन्न भौतिक संरचनाको तीव्र गतिमा भई सिमसार क्षेत्रमा अतिक्रमण बढेको छ । यसलाई संरक्षण गर्नुतर्फ सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरेको दिन २ फेब्रुअरी (माघ २०) लाई स्मरण गर्दै सिमसारको महत्वपूर्ण र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस समेत मनाउन सुरु गरेको पाइन्छ । सन् १९९८ देखि प्रत्येक वर्ष विगतमा भए गरेका कार्यको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यको खाका तयार गरी सिमसारको महत्व, आवश्यकता र उपयोगिताको बारेमा जनचेतना अभिवृद्धि गर्न तपशीलअनुसारको नारासाथ मनाउँदै आएको पाइन्छ ।
सन् २०२३ को नारा मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूको रूपमा सिमसार क्षेत्रको जगेर्ना, सन् २०२२ मान्छे र प्रकृति दुवैको लागि सिमसारको संरक्षण, सन् २०२१ पानी र सिमसार, सन् २०२० सिमसार र जैविक विविधता, सन् २०१९ सिमसार तथा जलवायु परिवर्तन, सन् २०१८ दिगो सहरी भविष्यका लागि सिमसार, सन् २०१७ प्रकोप न्यूनीकरणका लागि सिमसार, सन् २०१६ भविष्यका लागि सिमसार: दिगो जीविकोपार्जनको आधार, सन् २०१५ हाम्रो भविष्यको लागि सिमसार, सन् २०१४ सिमसार र कृषि उन्नतिका लागि साझेदार, सन् २०१३ सिमसार पानीको हेरविचार, सन् २०१२ सिमसार पर्यटन: एक अनुपम अनुभव, सन् २०११ वनः पानी र सिमसारका लागि, २०१० गरे सिमसारको स्याहार, न्यून हुन्छ जलवायु परिवर्तनको भार, सन् २००९ हिमालदेखि तराई, सिमसारले समेट्छ सबैलाई, सन् २००८ स्वस्थ सिमसार, स्वस्थ जीवन, सन् २००७ भविष्यका लागि माछा, सन् २००६ पानी छैन त सिमसार छैन, सिमसार छैन त जीवनको आधार छैन, सन् २००५ सिमसारमा अपार विविधता छ, यसलाई गुम्न नदिऔँ , सन् २००४ पहाडदेखि समुद्रसम्म, सिमसार छ त हाम्रा लागि, सन् २००३ सिमसार छैन त पानी छैन, सन २००२ सिमसार जल, जीवन र संस्कृतिको आधार, सन् २००१ सिमसारको संसार, नियाल्नु पर्ने संसार, सन् २००० विश्वव्यापी महत्वका हाम्रा सिमसार, यसैमा रमाऔँ, सन् १९९९ जनता र सिमसार एक जीव्रन्त नाता, सन् १९९८ पानी, सिमसार र हामी आदि ।
वातावरण संरक्षणमा तथा सिमसार संरक्षणमा रामसार महासन्धिको योगदान रहेको पाइन्छ । रामसार महासन्धिमा प्रवेश गरेदेखि नेपालले सिमसार संरक्षण तथा व्यवस्थापनमा विभिन्न उपाय अपनाउँदै आएको छ । तीमध्ये विभिन्न पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व हुनेगरी १० वटा रामसार क्षेत्रहरू सूचीकृत र व्यवस्थापन, रामसारको लागत संकलन, सहभागितामूलक प्रयास, नेपालका तालको सूचीकरण र कार्यनीति योजना तर्जुमा, स्थलगत कार्ययोजना तर्जुमा र कार्यान्वयन, संयुक्त व्यवस्थापनका लागि नमूना कार्यक्रम कार्यान्वयन, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना र विकास योजनामा सिमसार समावेश गराउने, सिमसार आबद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाको सञ्जाल बनाउने, राष्ट्रिय, स्थानीयस्तरमा क्षमता वृद्धि विकास, सिमसारबारे जनचेतनामूलक कार्यक्रम ल्याउने, उत्पादनशील क्षेत्रसँग सिमसारलाई मिलाउने, राष्ट्रिय सिमसार नीति तयार गरी कार्यान्वयनमा ल्याउने कार्य तथा राष्ट्रिय सिमसार समिति गठन, राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने कार्य गरेको पाइन्छ । अतः स्थानीय सरकारले पर्यावरण संरक्षण गरी सिमसारको संरक्षण गर्नु अति आवश्यक एवं महत्वपूर्ण हुन्छ । (लेखक मनकामना अध्ययन अनुसन्धान केन्द्रको प्रमुख हुन् ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया