के राष्ट्रिय स्वतन्त्र पार्टी चौबाटोमा हो ?
काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धन सरकारमा समाहित भएको दुई महिनामै पार्टीका अध्यक्षकै कारण उलटपुलट हुन पुगेको छ । सर्वोच्च अदालतको निर्णयलगत्तै अध्यक्ष रवि लामिछनेले उपप्रधान एवं गृहमन्त्री, सांसद्, पार्टी अध्यक्षलगायत सबै पद गुमाउनुपरेको छ । यो ठूलो दुर्भाग्यको रूपमा लिन सकिन्छ ।
अदालतले नेपालको कानुनअनुसार अमेरिकी नागरिक त्यागे पनि पुनः नेपाली नागरिकता लिनुपर्ने फैसला गरेको थियो । फलतः रवि लामछानेले नयाँ नागरिकता र राहदानी सजिलै केही घण्टामा लिएका छन् । सम्भवतः त्यति छिटो लिने नेपालमा पहिलो घटना हुन सक्छ । अदालतको पूर्णपाठ समेतलाई प्रवाह नगरी नयाँ नागरिकता लिएपछि पुनः रास्वपाले रविलाई सो दलकै अध्यक्ष पदको जिम्मेवारी दिएको छ जुन हतार–हतारमा अध्यक्षको दबावमा गरेको निर्णय त होइन ? भन्ने प्रश्न उठेको छ ।
सांसद पदबाट मुक्त भए पनि नेपाल कानुनको प्रावधानअनुरूप गैरसांसदले पाउनसक्ने छ महिने (गृह) मन्त्रीमा नियुक्ति लिन रबिले अनेकन प्रयास गरे । बालुवाटार र बालकोट चाहिनेभन्दा धेरै धाएको सुनिन्छ । गठबन्धनका एक ठूलो घटक एमालेले रविको प्रयासलाई साथ दिँदै प्रधानमन्त्रीलाई ठूलो दबाव नदिएको होइन । संसद्मा विशेष समय नै लिएर रोस्टमबाट रविको समर्थनमा बोलेकै हो । एमालेले किन त्यसरी माया ग¥यो र गृहमन्त्रीजस्तो शक्तिशाली पद गैरसांसद भए पनि पुनः किन दिन खोज्यो बुझ्नु पर्दैन होला र ? माछाको मुखमा बल्छी प¥यो भने फुत्किन सकिन्छ र ?
‘नो, नट अगेन’ र सुशासनको नाराबाट अत्यधिक मतले चुनाव जितेको व्यक्तिले बालुवाटार र बालकोट निवासी नेताहरूलाई ‘कम ओन्स अगेन’ भन्ने सङ्केत गरेको त होइन ? आफू सुशासनभन्दा जसरी पनि पदको लागि लालायित र सोको लागि राजनीति गरेको व्यक्तिको रूपमा परिचित गरेको देखियो । आफ्नो असली रूप देखिएन र ? आफूले जनतासँग गरेका बाचा चाटक्कै बिर्सिने ?
प्रधानमन्त्रीले अदालतको अन्तिम निर्णय नआएसम्म पुनः नियुक्तिको अनुरोध मान्न तयार भने देखिएन । हुन त सो निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीको लागि अरु दुर्घटनाबाट बाँच्ने अवसर मिलेको छ । गृहमन्त्री चलाएको एक महिनामा नै रवि विवादित हुनपुगेका थिए । तर अन्धभक्त अनुयायीहरू यसको विरोधमा थिए, छन् र अन्याय ग¥यो भनी चिच्याइरहेको देखिन्छ ।
दुई दिनको अल्टिमेटमको पर्खाइ र पद नपाउने देखेपछि रास्वपा गठबन्धन सरकारबाट बहरिएको छ भने गठबन्धनमा भने आफ्नो समर्थन यथावत् राखेको देखियो । सरकारबाट अलगिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्षले पत्रकार सम्मेलन गर्दै आधिकारिकरूपमा सोको घोषणा गर्न भ्याए । सरकार किन छोडेको स्पष्टीकरणको लागि सो सम्मेलन गरेको होला भन्ने आम बुझाइ थियो । झन्डै दुई घण्टा लामो पत्रकार सम्मेलन धेरै मानेमा फरक देखियो र कुन उद्देश्यले गरेको हो बुझ्न सजिलो थिएन । प्रस्तुति अध्यक्षको व्यक्तिगत हो अथवा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक हो बुझ्न कठिन थियो ।
चौथो ठूलो राजनीतिक दलका अध्यक्ष, उपप्रधान एवं गृहमन्त्रीजस्तो गरिमामय पदमा आसीन भइसकेको व्यक्तिले बोल्दा अपनाउनुपर्ने न्यूनतम मान्यताको पनि परिपालन गरेको देखिएन । प्रस्तुतिमा आवेग थियो, रिस थियो, आक्रोश थियो, अहंकार थियो, धम्की थियो, बदलाको मनसाय थियो र अधिकांश समय नेपाली पत्रकारिता र मिडियामा व्यक्तिगतरूपमा खनिएको देखियो । उहाँको बोलाइ शरीर, हातको हाउभाउ, हँसाइले फेरि केटाकेटीपन, अपरिपक्को र पदबाट बहिर्गमनको हतास अवस्था प्रदर्शन गरेको देखियो ।
प्रस्तुतिमा पार्टीले किन गठबन्धन सरकार परित्याग गरेको र किन समर्थन यथावत् राखेकोमा खासै उल्लेखनीय चर्चा गरेको पाइएन । धेरै समय आक्रामक आरोप र अर्कै विषयमा खर्चियो । प्रस्तुतिले नेपालको पत्रकारितामा ठूलो हलचल भने पक्कै ल्याएको छ । यो आउनै पर्ने थियो । केहीबाहेक अधिकांश मिडिया हाउस र मिडियाकर्मीहरूले ज्यादती गरेका, भ्रष्टाचार गरेका थुप्रै गुनासाहरू जनमानसमा उकुसमुकुस भएको र विस्फोटन हुने अवस्था थियो । रवि लामिछाने पनि सो आरोपबाट मुक्त देखिँदैन ।
तर सोको उजागर गरेको पक्कै हो । जति पनि आरोप लगाएका छन् सोको पुष्टि र प्रमाण जुटाउने काम अध्यक्षको काँधमा आएको छ । सत्य नै हो भने जनता साथ दिन तयार देखिन्छन् । नभए तिनीहरू उल्टो हुन सक्छन् ।एउटा रमाइलो पक्ष त के देखियो भने आफू पत्रकारिता गर्दा सरकारको, राजनीतिक दल र नेताहरूको, कुशासनको व्यापक विरोध गरेको हिजोझैँ लाग्छ भने सरकारमा सहभागी भएपछि पत्रकारको खैरो खनेको मात्र देखियो । सरकारको कुनै उच्चारणसम्म पनि गरेनन् ।
कतिपय उदाहरणहरू जस्तैः थापाथलीमा गाडीको दुर्घटना, पोखराको नक्कली भौचर उनी स्वयम् टिभीको खोज पत्रिकारमा संलग्न हुँदादेखिको थियो । त्यतिबेला नै सो समाचार अरु मिडियामा पहिलो पृष्ठमा आएको थियो र धेरैले पढ्ने मौका पाएका थिए । तर रवि लामिछाने किन चुके ? त्यही दिन उनले किन बोल्न सकेनन् ?
तत्कालीन प्रकाशित समाचारहरु
तत्कालीन प्रकाशित समाचारहरु
अचम्म त सरकारको र गठबन्धनको बारे अर्थपूर्ण शब्द पनि उच्चारण गरेको सुनिएन । प्रस्तुतिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उल्लेख गरिएको थियो । गृहमन्त्री, सरकारमा दोस्रो वरीययताको शक्तिशाली पद छोटै समयको अनुभव गरिसकेका व्यक्तिले गरेको प्रस्तुति हेर्दा लाग्छ ‘मैले थर्काएको’ भन्ने सन्देश तीन कारोड नेपालीलाई दिन त खोजेको होइन ? बुझ्ने जनमानसले बोलेको सान्दर्भिकता र भावको राम्रै मूल्याङ्कन गरेको हुनुपर्छ । अंग्रेजी, हिन्दी भाषा समेत प्रयोग गरी के देखाउन खोजेको हो ? राष्ट्रिय स्वतन्त्र पार्टी र मोदीको सम्बन्ध के छ ? के बोल्दा प्रोटोकलको ख्याल राख्नु नपर्ने ?
मिडियाकर्मी भई बोल्दै गर्दा र सरकारको जिम्मेवारी पदमा, चाहे भूतपूर्व किन नहोस् केही मर्यादा पक्कै पालन गरेको हुनुपर्छ । मन्त्री हुँदा लिएको गोपनीयता र शपथग्रहण पदमा आसीन हुँदाको लागि मात्र होइन । जनताहरू यस्ता व्यक्तिहरूको प्रत्येक पाइलाको निगरानी गरेको हुन्छ । यो हेक्का हुनुपर्ने होइन ?
राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य पदाधिकारी, सांसद र सदस्यको उपस्थिति त देखियो, राष्ट्रिय स्वतन्त्र पार्टीको ब्यानर पनि देखियो । उपस्थित सबैले अध्यक्षको विषय प्रस्तुति, जिउको हाउभाउ र बोली सजिलै लिएको होलाजस्तो लागेन । के बोल्ने र कसरी प्रस्तुत हुने सायदै छलफल भएको देखियो । युवा र शिक्षित समूह भए पनि दल कसरी चल्दोरहेछ बुझ्न सजिलै अनुमान गर्न सकिन्छ ।
एउटा वैकल्पित राजनीतिक पार्टीको रूपमा उडाएको दल जसमा शिक्षित युवाहरूको वर्चश्व कायम भएकोले नेपाली जनताहरूले धेरै आश गरेको देखिन्छ र छोटो समयमै जनताले साथ दिएको पनि हो । तर जुन प्रकारले दलको व्यवस्थापन गरियो के यो दल पनि पुराना दलहरूको पाइलातिर जान खोजेको त होइन भन्ने प्रश्न उठेको छ ? आफ्नै कारणले अध्यक्षको पद गुमाउन प¥योनै नै तर विना कसुर बाँकी तीन मन्त्रीहरूलाई किन फर्काइयो त्यसको जवाफ दिएको देखिँदैन । के यो प्रधानमन्त्रीको सट्टामा जन लागि घुर्की हो ?
समय फेरिसकेको छ । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीविना सरकार चलाउने अवस्थामा पुगेको छ । एमाले र माओवादी दलबीच तानातानको खेल हो यो । त्यसैले एमालेले रास्वपालाई ललिपप दिन खोजेको त होइन बुझ्नुपर्ने होइन ? जुन प्रकारले अध्यक्षले मिडियालाई आक्रमण ग¥यो, स्थापित मिडियाले पनि आफ्नो विपरीत प्रतिक्रिया पक्कै दिनेछ होला ।
अध्यक्षको विगतका वर्षहरूमा गरेका गल्तीहरू सतहमा ल्याउने धेरै सम्भावना छ । पत्रपत्रिकामा आक्रमण सुरु भइसकेको देखिन्छ । अब कतिको उत्पादक÷प्रतिउत्पदाक हुने हो समयले देखाउने नै छ ।
अदालतको पूर्ण पाठ आउन बाँकी नै छ । दोहोरो नागरिकता र राहदानी राखेको विषयमा फौजदारी मुद्दाको छानबिन र अनुसन्धान प्रहरीमा जारी रहेको अवस्थामा के–कस्तो नतिजा आउने हो हेर्न बाँकी नै छ । कानुनविद्हरूका अनुसार मुद्दा सहज नहुने बुझाइ छ र सजायको भागीदार हुने प्रबल सम्भावना रहेको भनाइ छ ।
अध्यक्षले गल्ती गरेकै हो र फौजदारी मुद्दा समेत थाँती भएकोले रविको भविष्य के हुने हो यसै भन्ने अवस्था भने छैन । राजनीतिमा सहनशीलताको ठूलो भूमिका हुने तर अहम् देखाउने राजनीतिज्ञ हुनै सक्दैन । समय हेरेर प्रतिक्रिया दिने नदिने नेताको कला हो । गल्तीको क्षमायाचना गरेको हालसम्म सुनिएको छैन । हालसम्मको विकसित अवस्था हेर्दा स्थिति के हुने हो बुझ्न कठिन छ । के राष्ट्रिय स्वतन्त्र पार्टी चौबाटोमा उभिएको हो ? आई.एल. सिंह
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया