नेपाल किन खर्चिला पर्यटकको गन्तव्य बन्न सकेन ?
काठमाडौं । चीन सरकारले २००३ देखि चिनियाँ नागरिकलाई पर्यटकका रूपमा नेपाल आउन अनुमति दिएको हो । सोही वर्ष सात हजार पाँच सय ६२ जना चिनियाँ नागरिकहरूले पर्यटकका रूपमा नेपाल भ्रमण गरेका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको बढ्यै थियो । तर, कोरोना महामारीका कारणा गएको दुई तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) धेरै कम चिनियाँ नागरिक मात्रै नेपालमा पर्यटकका रूपमा भ्रमण गर्न आए । त्यसोे भए पनि हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ ।
अझ भएन, नेपाल आउने चिनियाँ पर्यटकहरू किन छोटो अवधिका लागि मात्रै आउने गरेका छन्, किन कम खर्च गर्ने खालका चिनियाँ पर्यटकहरू मात्रै नेपाल आइरहेका छन् ? यस सम्बन्धमा पनि हामीले गहिरो गरी अध्ययन गर्नुपर्ने हो कि ? भन्ने देखिन्छ । जस्तै चिनियाँ पर्यटकहरू नेपालमा चार/पाँच दिनदेखि नौ/१० दिनसम्म बिताउनेहरू बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरू नेपाल आएपछि एकै जनाले ट्रेकिङ, -याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिकरूपमा भने भारतीय र अन्य देशका पर्यटकबाट भन्दा चिनियाँ पर्यटकबाट धेरै फाइदा हुने गरेको देखिन्छ । तापनि हामीले डिलक्स, लक्जरियस र सक्दो खर्च गर्नसक्ने र कम्तीमा आठ/दश दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । त्यसो नेपाल आउने विदेशी पर्यटकहरू खासै खर्चिला हुँदैनन् भन्ने सन्दर्भमा भन्नुपर्दा चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ नै भने होइनन् । अझ चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना देशका नागरिकलाई सन् २०२३, पेब्रुअरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रूपमा यो वर्ष जम्मा २० वटा देशलाई मात्रै तोकेको छ । दुर्भाग्य के छ भने ती २० देशमा नेपाल पर्न सकेन ।
चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना देशका नागरिकलाई सन् २०२३, फेब्रुअरी ६ तारिखदेखि पर्यटक भई विदेश भ्रमण गर्न जान अनुमति दिएको देशको सूचीमा नेपाल नपर्नु साह्रै दुःखद खबर हो । हुन त चिनियाँ पर्यटकको प्रथम रोजाइका देशहरूमा चाहिँ जापान, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, नर्बे, फ्रान्स, जर्मनी, अष्ट्रिया, इटली, पोर्चुगल आदि देशहरू रहेका छन् । त्यसो त हालसालै चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित संस्था ‘चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी)ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा एक सय ७० मिलियन चिनियाँ नागरिक पर्यटक भएर विव्शका विभिन्न देश घुम्न निक्लिएका थिए भने, सन् २०२३ मा पनि एक सय १० मिलियन चिनियाँ नागरिकहरू पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । त्यस्तै सन् २०१९ मा चिनियाँ पर्यटकले विश्वका विभिन्न देश घुम्ने क्रममा दुई सय ५४ दशमलव छ बिलियन अमेरिकी डलर खर्च गरेका थिए ।
चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, केही वर्षदेखि उनीहरू विश्वकै धेरै पर्यटकका रूपमा दरिएका छन् । त्यस्तै चिनियाँ पर्यटकहरू विश्वकै धेरै खर्च गर्ने पर्यटकका रूपमा पनि दरिन थालेका छन् । त्यही भएर पनि विश्वका विभिन्न देशले आ–आफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए–थालेका छन् । जस्तो कि, पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले त केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आफ्नो देश घुम्न दिने गरेको छ । त्यस्तै गरेर ट्रिप डटकमको, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै दुई सय ५४ प्रतिशतले चिनियाँ नागरिकले अन्य देशको भ्रमणमा जानका लागि एयर टिकट काटेको तथ्यांक रहेको थियो ।
यो पंक्तिकारको विचारमाचाहिँ हामीले चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपाल भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या बसोबास गर्ने सहरहरू चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङझाओ, सेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिनलगायत सरहमा चीन–नेपाल सिधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । त्यस्तै अर्को भनेको हामीले चिनियाँ एयरलाइन्सहरू साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयर, शाङघाइ एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तीमा हप्ताको एक–एक उडान गराउन पहल गर्नुपर्ने देखिन्छ । अझ सम्भव भएदेखि हप्तामै २०–२२ उडान गर्नसके झनै राम्रो हुन्छ । हुन त १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेइझिङमा आफ्नो उडान फेरि सुरु गरिसकेको छ । त्यस्तै नेपाल एयरलाइन्सले पनि चीनको राजधानी बेइझिङ, गुइयाङ, चाङसा, सेनजेनलगायत सहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।
हुन त सन् २००३ देखि मात्रै चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल आउन थालेका हुन् । सो वर्ष सात हजार पाँच सय ६२ जना चिनियाँ पर्यटकहरू नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँ नै पर्यटकको संख्या लगातार बढेको थयो गएको दुई/तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने)को रूपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।
त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तैः चिनियाँ पर्यटकहरू नेपालमा चार/पाँच दिनदेखि नौ/१० दिनसम्म बिताउनेहरू बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरू ट्रेकिङ, -याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिकरूपमा भने भारतीय एवं अन्य देशका पर्यटकहरूभन्दा चिनियाँ पर्यटकहरूबाट धेरै फाइदा भइरहेको देखिन्छ । तापनि हामीले सकेसम्म धेरैभन्दा धेरै डिलक्स, लक्जरियस र सक्दो खर्च गर्नसक्ने खालका चिनियाँ पर्यटक भित्र्याउने प्रयासमा लाग्नु पर्ने देखिन्छ । हुन पनि धेरै वर्षअघिदेखि नै नेपाल आउने विदेशी पर्यटक खर्चालु पनि होस् न ? भनी बहस र छलफल चाहिएको भए पनि हालसम्म त्यसरी मन फुकाएर खर्च गर्नसक्ने विदेशी पर्यटक धेरै कम संख्यामा मात्रै आइरहेका छन् । त्यसैले नेपाल चिनियाँ खर्चिला पर्यटकका मात्रै नभएर विश्वका अन्य देशका खर्चिला पर्यटकको गन्तव्य किन बन्न सकेन ? हामीले गम्भीररूपमा सोच्नुपर्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया