प्रणय दिवसको सान्दर्भिकता
काठमाडौं । विश्वमा अंग्रेजी क्यालेन्डर अनुसार प्रत्येक वर्षको फेब्रुअरी १४ तारिखलाई विश्वभरी भ्यालेन्टाइन डे (प्रणय दिवस)का रूपमा मनाइन्छ । यसरी प्रेम दिवस, भ्यालेन्टाइन डे, प्रणय दिवस, प्रेमोत्सव आदि नामले यस पर्वलाई मनाइन्छ । यसरी भ्यालेन्टाइन डेलाई महान् उत्सव वा पर्वका रूपमा मनाइन्छ । यसपर्वको सुरुवात् तेस्रो शताब्दीको उत्तरार्द्धबाट भएको थियो । यो दिवस सेन्ट भ्यालेन्टाइनको सम्झनामा प्रेमका अनुयायीहरू उनीप्रति प्रेम र सम्मान प्रकट गरी मनाउँछन् । त्यतिबेला राजाज्ञाको उल्लंघन गरेको कारण १४ फेब्रुअरी दुई सय ६९ का दिन भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाडियसले मृत्युदण्डको सजाय सुनाएका थिए । त्यतिबेला सैनिकलाई प्रेम र विवाह गर्न प्रतिबन्ध लगाइएको थियो । फलतः विवाहपछि पुरुषको बल र विवेक हराएर जाने मान्यता राख्ने रोमन सम्राट क्लाडिउसले आफ्ना सैनिक र प्रहरीलाई विवाह गर्न रोक लगाएका थिए । तसर्थ खासगरी भ्यालेन्टाइन डे पश्चिमी मुलुकबाट सुरुवात भएको हो । यसमा पछिल्लो केही दशकयता हाम्रो देशमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । यसमा फेब्रुवरी १४ मात्र होइन, फेब्रुवरी ७ देखि नै भ्यालेन्टाइन डेका महत्वपूर्ण दिन सुरु हुने गर्दछन् । यसर्थ फेब्रुवरी ७ देखि १४ सम्म रोज डे, पर्पोज डे, चक्लेट डे, टेड्डी डे, मा प्रमिस डे आदि र फेबु्रवरी १४ मा भ्यालेन्टाइन डे । तथापि, नेपाली समाजमा भने खासगरी १४ फेब्रुवरीलाई विशेष लिने गरिन्छ । केही वर्षअघिसम्म नेपालमा यो दिवसको खासै चर्चा नभए पनि पछिल्लो पुस्तामा भने यसको चलन बढ्दै गएको पाइन्छ ।
विशेषगरी यसमा युवा, युवतीहरूबीच भ्यालेन्टाइन डे निकै लोकप्रिय बनेको छ । यससँगै समाजमा विसंगति विकृति बढ्दै गइरहेको छ । जुन प्रेमका बारेमा हरेक व्यक्ति विशेषमा फरक–फरक परिभाषा हुन सक्छन् । यसले गर्दा भ्यालेन्टाइन डे दिवस प्रेम, प्रणय र काम वासनाको प्रतीक मात्र होइन । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ । यो दिवसको जीवनसाथीको रूपमा मात्र नभएर मानव अधिकार र प्रजातन्त्रसँग पनि जोडिएको छ । अतः जनताको चाहना र मानव अधिकारविरुद्ध घोषणा गर्ने शासक र जनताको अधिकार खोस्नु हुन्न भन्ने पादरीको संघर्षको ज्वलन्त उदाहरण हुन् । यसमा नेपाल र भारतमै प्रेम र समर्पणका अनेक कथा र गाथाले भरिएका सामग्री जति पनि छन् । तर ती सबैभन्दा अलग छ । किनभने भ्यालेन्टाइन डेले शासकविरुद्ध संघर्ष गरे, देहत्याग गरे प्रेम र प्रणयका लागि । त्यसैले अरु प्रेमका कथाभन्दा फरक छ भ्यालेन्टाइन डे ।
प्रेम हावाजस्तै हुन्छ, जसलाई अनुभूति गर्न त सकिन्छ तर देख्न सकिँदैन । हावाविना प्राणी र वनस्पतिको सम्भावना नरहेजस्तै प्रेमविना पनि जीवन अपूर्ण हुन्छ । एक–अर्कामा समर्पित, हार्दिकतापूर्वक स्वीकारिएको सम्बन्ध नै प्रेम हो । यसरी दुःखमा हात थाप्नु र सुखमा हृदय लगाउनु प्रेम हो । जसलाई घामको झुल्को प्रेम हो । जसबाट मनमा मन मिसिन सके प्रेम जीवन्त बन्छ । यसरी प्रेम फैलाउन जाने संसार आफ्नो हुन्छ । अतः समर्पण, श्रद्धा र विश्वासमा प्रेम एकाकार हुन्छ । यसलाई अर्को शब्दमा भन्ने हो भने निःस्वार्थताको उचाइमा र समर्पणको गहिराइमा प्रेम ढकमक्क फुल्छ । यसको साथसाथै प्रेम दिवस आजको दिन मात्र होइन । हरेक दिन मनाउन जरुरी छ । प्रेम भन्ने शब्द आफैँमा राम्रो हो । यसप्रति कसैको पनि घृणा हुँदैन । हाम्रो देशको कुरा गर्दा सायद १५ देखि २० वर्षअघि देखि प्रेम दिवस मनाउने सुरुवात भएको देखिन्छ । हाम्रो आफ्नै नेपाली शिव र सती, राधा र कृष्णको प्रेम जुन हाम्रै धर्म ग्रन्थमा छ, हामीमा त्यसको प्रभाव पर्नुपर्छ ।
आज आएर २१औँ शताब्दीमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेको महत्व बढ्दो रूपमा हुँदै गएको छ । यसमा नेपालीपन खोजियो भने संस्कृतिका हिसाबले यो आयातित दिवस हो । तर अहिले सबैले आ–आफ्ना वर्थ डे मनाइरहेका र त्यसैमा रमाउँदै गइरहेका बेला प्रणय दिवस वा भ्यालेन्टाइन डेमा सबैले आ–आफ्नापन पनि देख्न थालिसकेका छन् । यसरी विज्ञान तथा प्रविधिको विस्तार र यसको आम प्रयोगसँगै पश्चिमा संस्कृति नेपाली सामाजिक बजारमा निकै अन्तरघुलित र सांस्कृतिक हिसाबले पाच्य पनि हुँदै गइरहेको छ । अबको संसार विश्वमा साझा संस्कृतिमय हुने देखिएको पनि छ । हाम्रो देशका आफ्ना परम्परागत रोदी बस्ने, नाच गान गर्ने, मेलापात अर्थात् पर्व मनाउने आदिजस्ता कुराहरू कमी हुँदै गएर अहिले संरक्षणको अवस्थामा छन् । तर विज्ञान प्रविधिले प्रणय दिवसलाई सबैको हातहातमा रहेको मोबाइलमार्फत घरघरै र व्यक्तिविशेषसम्म पु¥याइदिएको छ । यसलाई सरसर्ती हेर्ने हो भने संस्कृतिका हिसाबले पूर्वीय तथा पश्चिमी संस्कृति दुवै धर्ममा आधारित छन् । तर पनि पूर्वीय संस्कृति भगवान्केन्द्रित र पश्चिमी संस्कृति व्यक्तिकेन्द्रित छ । यसमा खासगरी सायद व्यक्ति र व्यक्तिवादमा आधारित प्रजातान्त्रिक मूल्यमान्यता नै आजको विश्वको मूल प्रवाह बन्न आएकाले राजनीतिकरूपमा प्रजातान्त्रिक मूल्य मान्यताको अंगीकरणसँगै पूर्वीय संस्कृति पश्चिमा संस्कृतिबाट अतिक्रमित हुँदै गइरहेको छ । त्यसैले विभिन्न नाचगान, दोहोरी गीतलगायत, रोदी बस्ने आदिबाट नेपालमा पनि प्रणय दिवसका रूपमा यो स्वीकार्य हुन गएको छ ।
समग्रमा भन्नुपर्दा भ्यालेन्टाइन डे पनि यहाँको परिवेशमा खासगरी युवामाझ चर्चित बन्दै गएको छ । वास्तवमा भन्ने हो भने प्रेम शब्द नै यति मीठो र श्रुतिमधुर छ कि यो शब्दध्वनि कानमा पर्नासाथ मनस्थिति तुरुन्तै परिवर्तन हुन्छ । तसर्थ यसले मन प्रेम रसमा आल्हादित हुन पुग्छ । जसले गर्दा प्रेममा आनन्द हुन जान्छ । यसले प्रेममा शीतलता र शान्ति प्राप्त हुन्छ । जसबाट प्रेममा शक्ति पनि प्रधान गर्छ । जसलाई समष्टिरूपमा हेर्ने हो भने प्रेम नै यस्तो मनोभाव हो । जसले मानिसलाई शान्ति, शक्ति पनि यसैबाट प्राप्त हुन्छ । जसलाई अर्को शब्दमा भन्ने हो भने जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत पनि हो । त्यसैले त यो विशेष अवसरमा युवायुवतीबीच प्रेम साटासाट गर्नु, कार्ड र गुलाबको फूललगायत अन्य फूलका गुच्छाहरू आदानप्रदान गर्नु, कुनै निश्चित स्थानमा घुम्न जानु सामान्यजस्तै भइसकेको छ । यसर्थ प्रेम हाँसो र आँसुसँग खेल्छ । भनिने गरिन्छ, जीवनका सबैथोक प्रेमको अंगालोभित्र आउँछन् ।
अतः जीवनका प्रत्येक कदमसँगै सबै क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई हामी सबैले जान्नु र अध्ययन गर्ने गर्नुपर्छ । मूलतः संसारका सबै मानिसहरू प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि यस दुनियाँमा कमी छैन । तसर्थ पश्चिमी देशहरूमा फेब्रुअरी ७ तारिखदेखि नै यो पर्व सुरु हुने भए पनि हाम्रो देशमा भने १४ फेब्रुअरीलाई विशेष दिवसको रूपमा लिने गरिन्छ । यसर्थ संसारमा प्रेमभन्दा ठूलो वस्तु अरु केही छैन । यसरी खासगरीकन भर्ने हो भने प्रेमले नै पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्न आउँछ । तसर्थ साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान् वैज्ञानिक, दार्शनिक, चिन्तकहरूले स्वीकारी सकेका छन् । प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होइन । केही वर्षअघिसम्म मुलुकमा यो दिवसको खासै चर्चा परिचर्चा नभए पनि पछिल्लो पुस्तामा भने यो झाँगिदै गएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया