दरबारमार्गमा ‘द ब्ल्याक गोल्ड’ हलाल रेष्टुरेन्ट सञ्चालनमा
काठमाडौं । काठमाडौंको दरबारमार्गमा ‘द ब्ल्याक गोल्ड’ हलाल रेष्टुरेन्ट सञ्चालनमा आएको छ । प्रेस्टेजियो होल्डिङद्वारा सञ्चालनमा ल्याइएको सो रेष्टुरेन्ट हालसम्मकै फरक डिजाइन र थिममा निर्माण गरिएको छ । झण्डै एक करोड लगानीमा खुलेको सो रेष्टुरेन्ट पूर्ण रुपमा अरेबिक थिममा निर्माण भएको छ ।
यसअघि नै धुम्वाराही र बानेश्वरमा दुई प्रेस्टिजियो रेष्टुरेन्ट सञ्चालनमा ल्याइसकेको यस कम्पनीले दरबारमार्गमा भने अन्यभन्दा विशेष प्रकारको थिमका साथ आजबाट ‘द ब्ल्याक गोल्ड’ सञ्चालनमा ल्याएको हो । पूर्णरुपमा अरेबिक थिममा खुलेको यस रेष्टुरेन्टमा इन्डियन र मुगलाई वेष्टका हलाल (जबा) गरिएको मासुबाट बन्ने परिकारहरु पाइन्छन् । नेपाली रेष्टुरेन्ट क्षेत्रमा अरेबिक थिमको हलाल परिकार मात्र पाइने यो पहिलो रेष्टुरेन्ट समेत बनेको छ । त्यस्तै, रेष्टुरेन्टमा विगत १३ वर्षदेखि भारतमा कार्यरत अनुभवी सेफहरु रहेको कम्पनीले जनाएको छ । करिब दुई हजार वर्गफुटमा निर्माण गरिएको यस रेष्टुरेन्टमा झण्डै १६ जनाले रोजगारीको अवसर समेत पाएका छन् । कम्पनीका अनुसार अन्य दुई ब्रान्च समेत गरेर हाल ६० जनाभन्दा बढीले प्रोस्टेजियो रेष्टुरेन्टमा रोजगारीको अवसर पाएका छन् ।
रेष्टुरेन्टका सीईओ पुरुषोत्तम दास श्रेष्ठले अरेबिक थिम मात्र प्रयोगमा ल्याइएको नभई ‘द ब्ल्याक गोल्ड’मा मुस्लिम मूल्य मान्यतालाई समेत आत्मसात् गरिएको बताए । उनका अनुसार हाल रेष्टुरेन्टमा विभिन्न देशबाट ल्याइएका ५० प्रकारका मरमसला प्रयोग गर्ने गरिएको छ । यो रेष्टुरेन्ट फरक शैलीमा खोलिए पनि यहाँको मूल्य भने नेपाली बजारअनुसार नै तोकिएको छ । एकपटकमा करिब ५० जना अट्नसक्ने क्षमता भएको यस रेष्टुरेन्टमा ग्राहकले अरेबियन थिममा फोटोसुट समेत गर्न सक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया