कृषि पढ्ने विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकाभित्र रहेका दुई विद्यालयमा कृषि तथा बाली विज्ञान विषयअन्तर्गत तीनवर्षे डिप्लोमा तहमा अध्ययन गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । प्रेम पूर्ण प्रताप फाउण्डेसन र उज्यालो भविष्य संस्थाको समन्वयमा छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
भीमेश्वर नगरपालिका– १ सुष्पाक्षमावती स्थित क्षमावती माविमा अध्यनरत सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिकाका निर्मला तमाङ, रौतहट यमुनामाई गाउँपालिकाका प्रेम शाह, रामेछाप उमाकुण्ड गाउँपालिकाका सन्देश सुनुवार, सोलुखुम्बु लिपुलेख गाउँपालिकाका बिपिन वस्नेत, रामेछाप उमाकुण्ड गाउँपालिकाका रिसब कार्की, मिङ्मा लम्बु शेर्पा, दोलखा भीमेश्वर नगरपालिकाका पदम बहादुर अधिकारी र कालिञ्चोक गाउँपालिकाका वीरेन्द्र थामीलाई फाउण्डेसनका संरक्षक पद्मा प्रधानको सहयोगमा प्रतिव्यक्ति ८५ हजार रुपैयाँको दरले छात्रवृत्ति रकम उपलब्ध गराइएको फाउन्डेसनका अध्यक्ष राजन बस्नेतले बताए ।
त्यसैगरी दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णु बहादुर थापाको पहलमा भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुमा रहेको सर्वमावि जिलुमा अध्यनरत दोलखा बैतेश्वर गाउँपालिकाका पम्फा घिसिङ र सविना जिरेललाई प्रतिव्यक्ति एक लाख रुपैयाँको दरले छात्रवृत्ति रकम उपलब्ध गराइएको छ । साथै उक्त संस्थाले बाढीपहिरोपीडित, अग्निपीडित, गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको लागि सहयोगलगायतका कार्य गर्दै आएको छ ।
सम्बन्धित गाउँपालिका, वडा र समन्वय गर्ने संस्थाको सिफारिसमा व्यावसायिक सीपमूलक शिक्षा लिइरहेका अध्ययनशील र जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको बस्नेतको भनाइ छ । कृषिप्रधान देशमा सोहीअनुसारको सीपमूलक शिक्षाले प्राथमिकता पाउन सकोस् भन्ने उद्देश्यले दोलखा समाज अस्ट्रेलियाले कृषि तथा बाली विज्ञान विषयअन्तर्गत तीन वर्षे डिप्लोमा तहमा अध्यनरत विद्यार्थीलाई सहयोग गरेको समाजका अध्यक्ष थापाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया