Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईको विद्युतीय गाडीमा अफर योजना

हुन्डाईको विद्युतीय गाडीमा अफर योजना


काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत खरिदकर्ताले हुन्डाईको विद्युतीय गाडी खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड वोस्कको वाशिङ मेसिन उपहार प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले समयसापेक्षअनुसार आफ्ना ग्राहकहरुलाई आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ । अहिलेको आवश्यकताअनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र । कम्पनीका अनुसार हुन्डाई कोना तथा आयोनिक ५ नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ । यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुन्डाईको विश्वसनीयताले कोना तथा आयोनिक ५ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ । विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको बिक्रीवितरणमा हुन्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ्ग स्टेसनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x