विजय लघुवित्तले कमायो दुई करोड १२ लाख
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १२ लाख ५७ हजार सात सय १८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ३९ लाख २७ हजार छ सय दुई रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब १२ करोड ८८ लाख २९ हजार नौं सय ९५ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७१ करोड २० लाख ९० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ५० लाख ३५ हजार आठ सय ६५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ९७ लाख २७ हजार तीन सय १९ रूपैयाँ रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव २९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १३ करोड ६६ लाख १७ हजार तीन सय १६ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७५ करोड ७६ लाख ९४ हजार नौ सय ३८ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ३९ लाख २७ हजार छ सय दुई रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ४७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया