१४ बुँदे घोषणापत्र पारित गर्दै १ नं प्रदेशको प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न
काठमाडौं । लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउँदै थप गरिब र विपन्नमैत्री बनाउने र गरिब तथा विपन्न समुदायको जीवनस्तर माथि उकास्ने अठोट गर्दै प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न उक्त सम्मेलनले १४ बुँदे घोषणापत्र समेत पारित गरेको छ ।
घोषणापत्रले ‘घर–घरमा उद्यम फैलाऊ, गरिबीलाई शून्य बनाऊ’ भन्ने नाराका साथ अघि बढ्न हालका कमीकमजोरीलाई सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता वृद्धि गर्न संस्थाहरूले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागू गर्ने, लघुवित्तका सदस्यहरूलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरूसँगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोबल उच्च राख्न असल कर्मचारीलाई वार्षिकरूपमा पुरस्कृत गर्ने, सदस्यहरूको समस्या गुनासो सुनुवाइ इकाइ स्थापना गरी प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउनेलगायतको घोषणा गरेको छ । यसको साथै हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरूले सदस्यहरूसँग असल व्यवहार गर्ने, युवावर्गलाई स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने, सदस्यहरूलाई वित्तीय सेवाको अलावा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने, सदस्यहरूले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने, सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्नेलगायतका विषयहरू समेटेको छ ।
सम्मेलन आयोजक समितिका संयोजक जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डलको अध्यक्षतामा सम्पन्न एकदिने सम्मेलनको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी थिइन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले लघुवित्त गरिबी निवारणको लागि सेवाभावले सुरु भएको गरिबी निवारणविरुद्धको अभियान भएकोले यसबाट गरिब तथा विपन्न वर्गका महिलाहरूले कर्जा सेवा लिएर उद्यमी बनी जीवनस्तर उकास्न सक्ने धारणा राखिन् । तर यसको लागि जुन उद्देश्यको लागि ऋण लिएको हो सोही काममा ऋण लगानी गर्नुपर्ने उनको सुझाव थियो । साथै उनले लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तीकरणको लागि अतुलनीय भूमिका खेलेको र अझै यसलाई समाजिक रूपान्तरणको लागि स्वच्छ र सेवामुखी व्यवसायको रूपमा अघि बढाउनुपर्ने धारणा राखिन् ।
सम्मेलनको समापन समारोहमा बोल्दै संघीय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न वर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरूले यसको मूल मर्म र भावनाअनुसार काम गरी लाभ लिन सक्नुपर्ने धारणा राखे । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकरमान श्रेष्ठले केही संस्थाहरूले लघुवित्तको मूल्य मान्यताअनुरूप काम नगरी मुनाफाकेन्द्रित हुदै जाँदा, सदस्यहरूको उन्नतिमा जोड नदिँदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिँदा अहिले लघुवित्तमा विचलनहरू आएको र विचलहरूले ल्याएका समस्याहरूको समाधान गर्न लघुवित्तकर्मीहरू अझै पनि सफल हुन् भन्ने अपेक्षा रहेको बताए ।
सम्मेलनको समापन समारोहमा बोल्दै संघीय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न वर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरूले यसको मूल मर्म र भावनाअनुसार काम गरी लाभ लिन सक्नुपर्ने धारणा राखे । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरूले लघुवित्तको मूल्य मान्यताअनुरूप काम नगरी मुनाफाकेन्द्रित हुदै जाँदा, सदस्यहरूको उन्नतिमा जोड नदिँदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिँदा अहिले लघुवित्तमा विचलनहरू आएको र विचलहरूले ल्याएका समस्याहरूको समाधान गर्न लघुवित्तकर्मीहरू अझै पनि सफल हुन् भन्ने अपेक्षा रहेको बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पहिला लघुवित्तको संख्या आवश्यकताभन्दा बढी भएको कारण समस्या आएको बताउँदै आगामी दिनमा लघुवित्तलाई सही बाटोमा ल्याउन नीति निर्माण तहबाट कुनै कसरी बाँकी नराख्ने प्रतिबद्धता जनाए । सोही अवसरमा छ जना महिलाहरूले लघुवित्तको सदस्यहरू भएपछि उद्यमी बनेर जीवनमा परिवर्तन गर्न सफल भएको सफलताका कथा सुनाएका थिए ।
सम्मेलनमा तीनवटा विषयगत सत्रमार्फत लघुवित्तबाट महिला तथा विपन्न वर्गमा परेको प्रभाव, लघुवित्तको मर्म तथा वित्तीय साक्षारता एवं ग्राहक संरक्षण र नेपालमा लघुवित्तको महत्व र आवश्यकताबारे घनीभूत छलफल भएको थियो । यसमा लघुवित्त तथा वित्तीय क्षेत्रका विषयगत विज्ञ, अध्येता, महिला सदस्य र लघुवित्तकर्मीहरू सहभागी भएका थिए । सर्वपक्षीय यिनै छलफल तथा अथितिहरूका सुझावको आधारमा सम्मेलनले १४ बुँदे घोषणापत्र पारित गरेको हो । प्रदेश १ मा रहेका लघुवित्त वित्तीय संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाहरूको आयोजनामा सम्पन्न यस प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनमा करिब दुई दर्जन लघुवित्त तथा वित्तीय संस्थाका सदस्य, सञ्चालक तथा प्रमुख कार्यकारी, कर्मचारी, विज्ञलगायत अन्य सरोकारवाला गरी पाँच सय १५ जनाको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया