मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा
काठमाडौं । मेटलाइफले यस पटक पनि फर्च्युन म्यागजिनको २०२३ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरुको सूचीमा लगातार दुई पटक आफ्नो नाम समावेश गर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरूलाई समावेश गरिएको थियो ।
लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरूमा बीमा उद्योगका कार्यकारीहरू, निर्देशकहरूसँग सर्वेक्षण गरी बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरूको पहिचानका लागि फच्र्युुनको ‘कर्न फेरी’ नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।
मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनीले थप समावेशी र समतामूलक कार्यस्थल र समाज निर्माण गर्ने प्रतिबद्धता राखेको भन्दै थपेका छन् हामीले गरिरहेका कामहरूप्रति हामी गौरवान्वित छौँ र यो सम्मान हाल र भविष्यमा सकारात्मक प्रभाव पार्नका लागि हाम्रा कर्मचारीहरूले देखाएको समर्पण र प्रतिबद्धताको एक उदाहरण हो ।
मेटलाइफको बारेमा : आफ्ना सहायक र सम्बद्ध संस्थाहरूसहित वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरूमध्येको बीमा, एन्युटी, कर्मचारी लाभ योजनाहरू र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई अझ सुनिश्चित भविष्य निर्माण गर्न मद्दत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको मेट लाइफ विश्वभर ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युरोप र मध्यपूर्वमा अग्रणी स्थान ओगटेको छ ।
मेटलाइफ नेपालको बारेमा : मेटलाइफ सन २००१ देखि नेपालमा अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा सञ्चालन भइरहेको छ । मेटलाइफले नेपालमा व्यक्तिगत ग्राहक तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना एवं स्वास्थ्य बीमा तथा संस्थागत कर्मचारी लक्षित समूह बीमा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया