Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तको ‘व्यावसायिक रणनीति तथा व्यवस्थापन तालिम’

एनएमबी लघुवित्तको ‘व्यावसायिक रणनीति तथा व्यवस्थापन तालिम’


काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रदेश नं ३ धुलिखेल प्रादेशिक कार्यालयअन्तर्गतका विभिन्न २२ वटा शाखाका शाखा प्रमुख र कर्मचारीहरूलाई लक्षित गरी दुई दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

संस्थाले यो तालिम पहिलो चरणमा गत माघ २७ र २८ गते होटल अरनिको, धुलिखेल काभ्रेमा र दोस्रो चरणमा फागुण २ र ३ गते त्रिशुली रिभरसाइड रिसोर्ट, मलेखु, धादिङमा आयोजना गरेको हो । तालिममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, विभागीय प्रमुख भुवनेश्वर फुलारा, प्रदेश नं ३ अन्तर्गतको धुलिखेल प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख महेश पाठक, क्षेत्रीय प्रबन्धक मनोन कुमार घर्ती र सोही प्रादेशिक कार्यालयअन्तगर्तका २२ वटा शाखाका शाखा प्रबन्धक र कर्मचारी गरी करिब ७० जनाको सहभागिता रहेको लघुवित्तले जनाएको छ ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत जैशी, शाखा सञ्चालन तथा सामान्य सेवा विभाग प्रमुख फुलारा र धुलिखेल प्रादेशिक कार्यालयको प्रादेशिक प्रमुख पाठकले सहभागीलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखा सञ्चालन केन्द्र बैठक व्यवस्थापन, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधि नियन्त्रण, खरिद प्रक्रिया, फर्मरफरम्याटहरूको कार्यान्वयन, भाखा नाघेको कर्जा व्यवस्थापनसम्बन्धी तालिम दिइएको थियो ।

यसबाहेक कर्जा जोखिम तथा असुलीसम्बन्धी रणनीतिहरू, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, केवाइसी केवाइसीएमएस एनएमबीएमएफ एमपासबुक, व्यावसायिक रणनीति कृषिमा आधारित नयाँ कर्जा प्रोडक्टसम्बन्धी विषय, उत्प्रेरणा, आन्तरिक नियन्त्रण प्रणाली र ग्राहक सदस्यहरूसँग गर्ने व्यावसायिक व्यवहार तथा सम्बन्धलगायत विषयवस्तुमा प्रशिक्षण दिइएको थियो ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले तालिममा सहभागी सबै शाखाका शाखा प्रबन्धक र कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै अन्य प्रदेशअन्तर्गतका सबै प्रादेशिक कार्यालयमा पनि दुई दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सञ्चालन भइरहेको विभागीय प्रमुख फुलाराले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं २५ हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय र सातवटै प्रदेशमा सातवटा प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा एक सय ४८ वटा शाखा विस्तार गरेर एक लाख २० हजार हाराहारी विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x