Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्टका ग्राहकलाई होटल सांग्रिलामा १५ प्रतिशत छुट

एभरेष्टका ग्राहकलाई होटल सांग्रिलामा १५ प्रतिशत छुट


काठमाडौं, चैत २
होटल सांग्रिलाको सहकार्यमा एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने भएको छ । प्रदेश ३ (वागमती) स्थित काठमाण्डौ लाजिम्पाटमा रहेको होटल साग्रिला ५ तारे होटल हो जुन आफ्नो परम्परागत शैलीको लागि प्रचलित छ । सम्झौताअनुसार ग्राहकवर्गले खाना, पेय पदार्थ र बेकरी मा १५ प्रतिशत छुट पाउनेछन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएमा छुट पाउनेछन् । आफ्नो मुस्कान सहितको सेवा नाराका साथ एभरेष्ट बैंक सधै आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहने गर्दछ ।

हाल एभरेष्टको ग्राहकहरुको संख्या बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्टलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यसबाहेक बैंकले हालसालै क्यामेल रेटिङ्गअन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्गन गरिएको बैंकको रुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र एक सय तीन स्थानमा एटीएम रहेका छन्् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x