राँझा । महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवर्द्धनका लागि नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी गरिने भएको छ । यही फागुन ५ देखि ९ गतेसम्म महिला उद्यमी सङ्घ नेपाल बाँकेले लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी गर्न लागेको संयोजक सावित्री बस्नेतले राससलाई जानकारी दिइन् ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिरको बालउद्यानमा सञ्चालन हुने प्रदर्शनीमा बाँकेसहित पाल्पा, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्यूठान, रुकुम, दाङ, बर्दिया र सुर्खेतका महिला उद्यमीले उत्पादन गरेका वस्तु राखिने छन् ।
महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाका जुत्ता, चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, चाडपर्वमा पाइने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आकर्षण रहेको सङ्घका अध्यक्ष निरुपमा रस्तोगीले जानकारी दिइन् ।
नवउद्यमी उत्पादन गर्न विद्यार्थीलाई बिक्रीवितरण गर्न सिकाउन विद्यार्थीको बिक्री कक्षसमेत राखिनेछ । प्रदर्शनीमा सानो लगानीबाट उद्यमी बन्न सफल महिला उद्यमीलाई सम्मान गरिने अध्यक्ष रस्तोगीले बताइन् । वि.सं. २०६० मा स्थापना गरिएको सङ्घमा ६२ महिला उद्यमी सदस्य छन् । सङ्घले २०७२ सालदेखि प्रदर्शनी गर्न थालेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले बाँकेका महिला उद्यमीले उत्पादन गरेका वस्तुको काठमाडौँमा धेरै माग भइरहेको उल्लेख गर्दै महिलाभित्र भएको सीपलाई बाहिर ल्याउनमा यस्तो प्रदर्शनी महत्वपूर्ण हुने बताए ।
महिला उद्यमी सङ्घ नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुलीले महिला उद्यमीको उत्पादन बजारीकरण गर्नकै लागि सङ्घले हरेक वर्ष प्रदर्शनी गर्दै आएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया