Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको सम्पत्ति शुद्धीकरण तालिम

सिटिजन लाइफको सम्पत्ति शुद्धीकरण तालिम


काठमाडौं, चैत २
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीतिसम्बन्धी तालिम दिएको छ । कम्पनीका अनुसार गत फागुन महिनामा आयोजित सो तालिम कम्पनीको प्रधान कार्यालयका सम्पुर्ण कर्मचारीहरुसहित काठमाडौं उपत्यकाका सबै शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कम्पनीको प्रधान कार्यालय, टेकुमा सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

अधिकृत दिपक कुँवरले गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरु के के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिए । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दशरथ मनी खड्का, सहायक महाप्रबन्धक दिपबहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयालको उपस्थितिमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वय नगर्न हरेक कर्मचारीले गर्नुपर्ने कामबारे जानकारी दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x