Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबालिकाहरूको स्वास्थ्य र भविष्यमाथि खेलबाड गर्दै नेपाली समाज

बालिकाहरूको स्वास्थ्य र भविष्यमाथि खेलबाड गर्दै नेपाली समाज


काठमाडौं । नेपालमा छोराको चाहनामा छोरीहरूको स्वास्थ्य एवं भविष्यसँग खेलबाड हुँँदो छ । यसबारेमा लैन्चेस्टर विश्वविद्यालयद्वारा गरिएको अध्ययनअनुसार छोराको चाहनामा नेपाली आमाहरू आफ्ना नवजात छोरीहरूलाई छिटोभन्दा छिटो स्तनपान गराउन बन्द गराउँदा रहेछन् जसले गर्दा तिनको छोरा पाउने इच्छा पूरा हुन सकोस् ।

अध्ययनका अनुसार छोराहरूको दाँजोमा छोरीहरूलाई औसत कम महिनासम्म स्तनपान गराइन्छ जसको सिधा असर तिनको शारीरिक एवं मानसिक विकासमा पर्दछ । यतिमात्र होइन जुन बालिकाहरूको जेठी दिदी त छ तर कुनै दाजुभाइ छैनन् तिनको स्थिति अझ बढी नराम्रो छ । जर्नल ब्रिटिस मेडिसिन साइन्स न्यूट्रिसनमा प्रकाशित यस अध्ययनमा यो कुरा सामुन्ने आएको छ कि नेपाली शिशुहरूलाई जति कम अवधिसम्म आमाको दुध पाइन्छ तिनमा मृत्युको जोखिम त्यति नै बढी हुन्छ ।

अनुसन्धानका अनुसार छोराको चाहनाले स्तनपानको अवधिलाई प्रभावित गर्न सक्छ किनकि यदि कुनै महिलाको छोरा भएको छैन भने उसले छोरा पाउने आशामा फेरि गर्भाधारण गर्नका लागि केही बढी दबाव महसुस गर्दछिन् । सोधकर्ताहरूका अनुसार जो महिलाहरू अर्को बच्चा पाउन चाहन्छन तिनीहरूले पहिलो बच्चालाई स्तनपान गराउन चाँडै बन्द गर्न सक्छन् । शोधअनुसार नेपालमा छोराहरूको तुलनामा छोरीहरूलाई औसत कम अवधिसम्म स्तनपान गराइन्छ । कुनै बच्चालाई कति सवधिसम्म आमाको दुध पाइने हो त्यो त्यस बच्चाको लिङ्गमा मात्र निर्भर हुनुहुँदैन बरु साथै यसका लागि उसको भाइबहिनीहरू लिङ्ग पनि अर्थ राख्दछ । यति मात्र होइन जुन बच्चीहरूको ठूली दिदीहरू होलान् तिनले यसको अझ बढी परिणाम भाग्नुपर्ने रहेछ ।

आफ्नो यस अध्ययनमा अनुसन्धानकर्ताहरूले नेपालमा राष्ट्रियस्तरमा उपलब्ध बालबालिकाहरूको स्वास्थ्य एवं पोषणसँग सम्बन्धित तथ्यांकहरू उपयोग गरेका छन् जसलाई प्रत्येक पाँच वर्षमा सङ्कलन गरिन्छ । आफ्नो यस अध्ययनमा अनुसन्धानकर्ताहरूले यो जान्ने प्रयास गरेका छन् कि के मृत्युदरमा बालबालिकाहरूको लिङ्गको पनि प्रभाव पर्दछ एवं समय तथा ठाउँअनुसार यो अन्तर कति फरक छ यसमा पनि प्रकाश पारेका छन् ।

अध्ययनअनुसार विगतका २० वर्षहरूमा शिशु मृत्युदरमा सुधार आयेको त छ यद्यपि यो सुधार बालिकाहरूको दाँजोमा छोराहरूमा झन् बढी थियो । अर्थात् यो साँचो हो कि समयमा आउँदै गरेको यो परिवर्तनसँगै बालबालिकाहरूमा मृत्युदरको जोखीममा ह्रास आएको तर यस सन्र्दभमा छोरा र छोरीहरूबीचको अन्तर पनि अझ धेरै रहेको छ । हेर्ने हो भने जुन सहरी क्षेत्रहरूको आर्थिक स्थिति राम्रो छ त्यहाँ मृत्युतरको सम्बन्धमा छोरीहरूको स्थिति सबैभन्दा नराम्रो छ ।

कहिले बदलिने हो यो मानसिकता ?
हेर्ने हो भने जीवनको सुरुका पाँच वर्षहरूमा बालबालिकाहरूका लागि पोषण ज्यादै नै महत्वपूर्ण हुन्छ जुन तिनको जीवन एवं विकासका आधार हुन्छ । यस्तोमा अनुसन्धानकर्ताहरूले यो पनि जान्ने प्रयास गरेका छन् कि के बालिकाहरूको शैशव अवस्था एवं बाल्यकालका प्रारम्भिक वर्षहरूमा पोषित आहारबाट गरिएको थियो । यदि हो भने के यसका कारणले तिनको स्वास्थ्य एवं मृत्युदरमा असर परेको थियो । यसका साथै अनुसन्धानकर्ताहरूले बालबालिकाहरूलाई दिइने आहारहरूलाई १६ क्षेत्रहरूमा बाँडेर यो जान्ने प्रयास गरेका थिए कि त्यसको खपतमा लिङ्गको प्रभाव परेको थियो । यति मात्र होइन के जन्मेको सुरुका घण्टामा तिनलाई आमाको दुध उपलब्ध थियो एवं तिनलाई कतिसमय सम्म स्तनपान गराइयो । यसका साथै के तिनको आहारमा प्रयाप्त विविधता थियो अनुसन्धानमा जे निष्कर्ष सामुन्ने आएको छ तिनका अनुसार आहारको खपत एवं विविधताको सम्बन्धमा लिङ्ग अन्तरको कुनै प्रभाव भेटिएन । यद्यपि स्तनपानको अवधिमा लिङ्ग अन्तरको देखिएको थियो ।

अनुसन्धानका अनुसार पहिलो बच्चाहरूमा जसका ठूला दाजुभाई दिदीबहिनी थिएनन् तिनलाई अरु बच्चाहरूको दाँजोमा कम अवधिका लागि आमाको दुध प्राप्त हुने भाग्य परेको रहेछ । हेर्ने हो भने धेरैजसो नेपाली महिलाहरू एउटाभन्दा बढी बच्चा चाहन्छन् । यस्तोमा यदि तिनको पहिलो छोरि छ भने त छोराको चाहनामा बच्चालाई स्तनपान चाँडै बन्द गर्दछिन् । यतिमात्र होइन बालिकाहरू जसको ठूलो दाजुहरू थिए तिनको स्थिति केही बढी राम्रो थियो । जब कि जुन बालिकाहरूका दिदीहरू मात्र थिए तिनीहरूको स्थिति सबैभन्दा नराम्रो थियो । यसका साथै अनुसन्धानमा यो पनि सामुन्ने आयो कि स्तनपानको अवधि सिधै शिशुहरूको मृत्युदरसँग सम्बन्धित थियो ।

हेर्ने हो भने यो समस्या मात्र नेपालसम्म सीमित छैन । दक्षिण एसियामा आज पनि भारतजस्तो देशहरूमा परिवारले छोराको चाहना राख्दछन् । जसकोे परिणाम छोरीहरूले भोग्नु पर्छ । भलै नै हामी विकासका जति नै ठूला–ठूला कुरा गर्छौँ तर आज पनि यसबारेमा मानिसहरूको मानसिकतामा कुनै धेरै परिवर्तन आएको छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x