Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम


काठमाडौं । एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेडअन्तर्गत रहेका डियरवाक कम्पवयर लि. र सिफल स्कुल लि.मा कार्यरत विभिन्न तहका कर्मचारीहरूलाई लगानी व्यवस्थापन तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा सहभागीहरूलाई नेपालको धितोपत्र बजार बारे सञ्चिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजनासम्बन्धी सम्पूर्ण जानकारी गराइएको थियो । यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरिरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरूको बारेमा संक्षिप्त छलफल भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरूका विभिन्न जिज्ञासाहरूको सम्बोधन गरिएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरूमा लगानीसम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x