पत्रकार सहनीको अनशन तोडियो
गौर (रौतहट) । गौर र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमाथिको अधुरो पुल तत्काल निर्माणका लागि आमरण अनशनमा बसेका पत्रकार सञ्जय सहनीलाई बिहीबार बेलुका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुस खुवाएर आमरण अनशन तोडाएका छन् ।
राससका अनुसार गौर नगरपालिका तथा ईशनाथ नगरपालिका जोड्ने एकमात्र माध्यम बनेको टिकुलिया घाटको लालबकैया पुल पप्पु कन्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएर अपुरो छोडेका कारण विगत वर्षमा डुङ्गाबाट यात्रु तार्न लाग्दा ठूलो सङ्ख्यामा यात्रु डुबेका थिए । डुङ्गा डुबेको घटनापश्चात् निर्माणका लागि ठेक्का लिएको उक्त कम्पनीलाई कारबाही गर्नुपर्ने बहस सदनदेखि सडकसम्म उठे पनि न कारबाही भयो न त पुल निर्माण भयोे ।
सोही विषयलाई लिएर स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउनाका साथै नवनिर्वाचित जनप्रतिनिधि समेतलाई दबाब दिए पनि कुनै सुनुवाई भएन ।
सोही विषयलाई लिएर स्थानीय पत्रकार सहनी चार दिनदेखि आमरण अनशन बस्दै आएका थिए । उनको स्वास्थ्यावस्था नाजुक भएकाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रयासमा प्रदेशसभा सदस्य नागेन्द्र साह, क्षेत्र नं. २ का सांसद किरण साहलगायत पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठ र सङ्घीय सडक प्रमुख विजय जैसीको उपस्थितिमा अनशन तोडाइएको हो । पत्रकार सहनी र सरोकारवालाको बीचमा भएको सम्झौताअनुसार अबको डेढ वर्षभित्र अधुरो पुल निर्माण गरिने भएको छ । आमरण अनशनलाई स्थानीयवासी तथा सञ्चारकर्मी समर्थन जनाएका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया