Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशओलीलाई भेट्न चिनियाँ राजदूत बालकोटमा

ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोटमा


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। केहीबेर अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

ओली र राजदूतबीच झण्डै डेढ घण्टा कुरा भएको ओलीको सचिवालयले जनाएको छ। ओलीसँग प्रचण्डको भेटघाट बिहान तय भएपछि राजदूतसँगको भेट बेलुकालाई सारिएको थियो।

पहिलाकै कार्यतालिका अनुसार उनीहरुको भेट भएको हो । शुक्रबार साँझ झण्डै डेढ घण्टा उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले बताएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे २ घण्टा कुराकानी भएको थियो।

सो भेटमा प्रचण्डले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेका राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएका थिए। अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन कायम रहेको बताएका हुन्। सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले एक(दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताएका छन्। बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा दुई घन्टाभन्दा बढी भेटवार्ता भएको थियो।


क्याटेगोरी : समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया