प्राविधिक शिक्षालयलाई निःशुल्क जग्गा प्रदान
महेन्द्र शाही
सोलुखुम्बु, चैत ३
थुलुङदुधकोशी प्राविधिक शिक्षालयलाई साढे सात रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय जगतबहादुर राईले प्राविधिक शिक्षालयको नाममा बिहीबार जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा जग्गा रजिष्ट्रेशन पास गरिदिएका हुन् । गाउँपालिका केन्द्र मुक्लीमा सञ्चालन हुने तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका स्थापित शिक्षालयलाई जगतबहादुरले निःशुल्क जग्गा प्रदान गरेको गाउँ कार्यपालिका सदस्य बुद्धिराज राईले जानकारी दिए ।
जिल्लमा शिक्षालय सञ्चालन गर्न प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त भएको हो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई घरगाउँमै प्राविधिक शिक्षा दिने उद्देश्यले स्थापना भएको शिक्षालयलाई निःशुल्क जग्गा उपलब्ध गराउनु आफ्नो दायित्वसमेत भएको जग्गादाता जगतबहादुरले बताए । गाउँका सर्वसाधरण नागरिकका छोराछोरीले शिक्षा लिने मात्रै नभए गाउँको विकासका लागि आफूले सात लाख रूपैयाँ मूल्यबराबरको साढे सात रोपनी जग्गा निःशुल्क दान गरेको राईले बताए ।
सस्तो शुल्कमा इन्जिनियर उत्पादन गर्ने गाउँपालिकाको योजना अनुसार शिक्षालय स्थापना गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । स्थानीय घरमै बसेर पनि इन्जिनियर बन्न पाउने भन्दै आफूहरू त्यसका लागि लागि परेको अध्यक्ष राईको भनाइ छ । शिक्षाको विकासले समाज परिवर्तन सम्भव भएको भन्दै आफ्नै कार्यकालमा परिवर्तनको आभास हुनेगरी काम गर्ने उनको भनाइ छ । आफ्ना छोरा छोरीले पढ्न गाउँमै पढ्न पाउने भएकाले आफूले जग्गा दिएर सहयोग गरेको जगतबहादुरको भनाइ छ । आफ्नो सानो सहयोगले गाउँलेले धेरै सुविधा पाउने भए सहयोग गर्न तयार भएको उनको भनाइ थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया