Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअष्ट्रेलिया भारतको जी–२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक

अष्ट्रेलिया भारतको जी–२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक


ब्रिस्बेन । अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी–२० अध्यक्षको अष्ट्रेलिया सबैभन्दा बलियो समर्थक रहेको बताएका छन् । एएनआईका अनुसार उनले आफ्नो देशले भारतलाई हरसम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन् ।

‘अष्ट्रेलिया जत्तिको भारतको जी–२० को अध्यक्षताको बलियो समर्थक अरु कुनै छैन । हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन गर्नेछौँ’, बोवेनले अस्ट्रेलियामा रायसिनाको (सिड्नी) प्रमुख वक्ताको हैसियतबाट सो धारणा राखेका हुन् ।

‘भारतको लागि जी–२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो विचारमा भारतले स्वच्छ ऊर्जा मन्त्रीस्तरीय पनि बैठकको पनि अध्यक्षता गरोस्’, मन्त्रीले भने ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया