नेपाल वाल प्लास्टको ठेकेदार भेटघाट कार्यक्रम
काठमाडौं । नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीको सहकार्यमा ठेकेदार भेटघाट कार्यक्रम आयोजना गरेको छ । कम्पनीले भक्तपुरको ठिमीमा एक कार्यक्रमको आयोजना गरी ठेकेदार भेटघाट गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रबन्धनिर्देशक नरेश प्रसाद साहले आफ्नो उत्पादनमध्ये टायल एडेसिभको गुणस्तर, विशेषता, बजार आवश्यकता तथा विदेशी उत्पादनभन्दा उत्कृष्ट रहेको बारेमा जानकारी दिए । यसैगरी एनपीएम बिल्ड सोलुसनका बजार प्रबन्धक दिनेश दाहालले मध्यपुर ठिमीको नेतृत्व लिँदै मुख्य डिलरको भूमिका निर्वाह गर्नेमा जोड दिए । कम्पनीका अनुसार घर निर्माण गर्दा निर्माण सामग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा भण्डारणको समस्या, निर्माणकार्य समयमै पूरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावटको समस्या, क्र्याकको समस्या तथा अन्य निर्माण कार्य सम्बन्धित समस्याहरु समाधान गर्दै कम्पनीले आफ्ना उत्पादनहरुलाई निर्माणजगत्को अभिन्न अंगका रुपमा स्थापित गरेको दाबी गरेको छ ।
अत्याधुनिक कारखानामा इटालियन उच्च प्रविधि तथा कम्प्युटराइज्ड प्रणाली र अनुभवी दक्ष प्राविधिक जनशक्तिद्वारा उत्पादित हुने वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पूर्ण स्वचालित प्लान्टबाट १०० प्रतिशत, धूलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरी निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ । कम्पनीले न्यून कार्बन मान्यतालाई पालना गर्ने हुँदा उपभोक्ता, समुदाय र समाजको स्वास्थ्यप्रति पूर्ण प्रतिबद्ध रही आफ्ना उत्पादनलाई बजारमा ल्याउने बताइएको छ ।
उत्पादन तथा बजार व्यवस्थापनमा विविध चुनौती रहे पनि आफ्ना उत्पादनका विशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ । कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने दाबी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया