इटालीमा मृत्यु हुनेको संख्या १४ सय ४१ पुग्यो
रोम, चैत ३
विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या शनिबारसम्म एक हजार ४ सय ४१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार संक्रमितको संख्या शनिबारसम्म १७ हजार ७ सय ५० पुगेको छ । कोरोनाको संक्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो । त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १ सय ४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ ।
चीनमा तीन हजार १ सय ९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८ सय ४४ जना संक्रमित भएका छन् । चीनमा कोरोनाको संक्रमणमा नाटकीय रुपमा सुधार आएसँगै सहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् । तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७ सय २९ जना संक्रमितमध्ये ६ सय ११ जनाको मृत्यु भएको छ । त्यसैगरी दक्षिण कोरियामा आठ हजार १ सय ६२ जना बिरामी र ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा छ हजार ३ सय ९१ जना बिरामी भएका छन् भने १ सय ९६ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया