Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदेशको मुटु काठमाडौं कति सुरक्षित ? कसले लिने जिमेवारी ?

देशको मुटु काठमाडौं कति सुरक्षित ? कसले लिने जिमेवारी ?


काठमाडौं,नेपालको राजधानी र मुटु काठमाडौंमा एक हप्तामै दुई फरक प्रकृति तर सुरक्षाको हिसाबले गम्भीर, डरलाग्दो एवं सोचनीय घटना घटेको छ । दुवै घटनामा नेपाल प्रहरीको संलग्नता रहेको छ ।

पहिलो घटना हालै राष्ट्रपतिको सवारीको सिलसिलामा प्रहरी बल प्रयोग गरी ट्रमा सेन्टर महांकालमा कार्यरत डाक्टरहरूलाई अन्धाधुन्ध लाठीचार्ज गरी ज्यादती गरेको हो । देशकै शिक्षित स्वास्थ क्षेत्रका विशेषज्ञ अगुवाहरूलाई अन्यायपूर्वक व्यवहार गरेको पकै हो । यस घटनालाई लिएर सबै क्षेत्रबाट व्यापक विरोध भएको छ । स्वास्थ्यकर्मीहरूले प्रहरीको ज्यादतीविरुद्ध अधिराज्यभरिका अस्पताल एक दिनको लागि ठप्प समेत पारेका थिए । जुन मानवीय दृष्टिले उपयुक्त मानिँदैन तर विवश स्वास्थ्यकर्मीहरू ।

उनीहरूको विरोध शान्तिपूर्ण थियो । सरकारले डाक्टरहरूका प्रतिनिधि नेपाल मेडिकल एसोसिएसनसँग वार्ता गरी घटनाको निष्पक्ष अनुसन्धान गर्ने र एक हप्ताभित्र दोषीलाई कारबाही गर्ने सहमति भएको छ । यस घटनालाई लिएर लाठीचार्ज गर्ने तल्लो तहका हवल्दारलाई निलम्बन पनि गरिसकेको छ ।

दोस्रोमा यातायात मजदुर समूहले बालाजु बसपार्क एरिया नै कब्जा गरी ट्राफिक पुलिसविरुद्धको अन्दोलन हो । आन्दोलनको नाममा यो समूह अराजक भई प्रहरीमाथि नै ढुंगा मुढा हतियार प्रयोग गर्न पुग्यो । सो आक्रमणबाट कैयौँ प्रहरी घाइते भएको छ । प्रहरीकै दुईवटा गाडी देखादेखि आगजनी गरेको छ ।

सोही घटनामा बसपार्कसँगैको ल्होत्से मल सपिङ सेन्टरमा दिन दहाडै लुटपाट गरेको छ । प्रहरीले सुरक्षा दिन नसकेर भागाभाग भएको अवस्था थियो । व्यवसायीहरूको बन्द पसल तोडफोड गरी करोडौँको समान लुटेको छ ।

सायद काठमाडौंमा खुलेआम दिउँसै लुटपाट गरेको यो पहिलो घटना हुनुपर्छ । दृश्य हेर्दा लाग्थ्यो देशमा ठूलै व्यवस्थाविरोधी जनआन्दोलन भइरहेको र सरकारको उपस्थिति नै नभएको जस्तो । यस घटनामा बालाजु प्रहरी वृत्तका डीएसपीलाई निलम्बन गरी घटनामाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

No description available.

यी दुई घटनाको तुलना गर्दा पहिलोमा राष्ट्रपतिको सवारीको सुरक्षार्थ तैनाथ सैयौँ पुलिस परिचालन गरेको देखिन्छ । डाक्टरहरूको विरोध हतियारविहीन शान्तिपूर्ण भए पनि प्रहरीहरूले धम्क्याएको, हतियार तेर्साएको, बेइज्जत गरेको, लाठीचार्ज गर्दै सडकमा लछारपछार गरेको, चाहिनेभन्दा बढी बल प्रयोग गरेको देखिन्छ । प्रहरी धेरै हाबी भएको मानौँ लडाइँ नै जितेको जस्तो देखिन्थे भने बिचरा डाक्टरहरू निरिह र कमजोर देखिन्थे ।

जनताको ज्यान बचाउने डाक्टरहरूलाई राष्ट्रले कदर गर्नु पर्दैन ? सुरक्षा दिनु पर्दैन ?
दोस्रो घटनामा मजदुर समूह भए पनि हतियारको प्रयोग गरी पुलिसहरूलाई नै लखेटेको, चौकीहरू समेत ध्वस्त पारेको आगजनी गरेका देखिन्छ । अश्रुग्याँस र रबरको गोली समेत प्रयोग गरिएको भए पनि प्रहरीहरू एकदम कमजोर तथा निरिह देखिन्थे ।माथिको प्रसङ्गबाट ‘जसको लट्ठी उसैको भैँसी’ भन्ने उखान याद दिलाएको छ ।

शान्तिको चाहना राख्ने स्वस्थकर्मीभन्दा अराजक गिरोह हाबी भएको छ । दुवै घटनामा भएका ज्यादतीका श्रव्यदृश्य सामाजिक सञ्जालमा सजिलै हेर्न मिल्छ । बसपार्क बालाजुमा केही राजनीतिक दल र नेताहरूको यस्ता गिरोहहरूलाई संरक्षण दिएको भन्ने सुनिन्छ ।दुवैमा प्रहरी नराम्ररी चुकेकै हो र व्यवस्थापनको ठूलो कमजोरीले नै हो ।

प्रश्न उठिसकेको छ । प्रहरी निकाय यसरी चुक्ने र कमजोर भएमा, शान्ति सुरक्षाको राम्रो व्यवस्थापन गर्न असमर्थ भएमा देश कतातिर जाला नेपाली जनता चिन्तित देखिन्छ । सम्बन्धित निकायको एथासिग्र ध्यान जाओस् । दुवै घटनाको छानबिन समितिबाट के निष्कर्ष आउने हो हेर्न बाँकी नै छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया