सेन्हाइजर इलेक्ट्रोनिक्स एसियाको नयाँ वितरकमा नियोटेरिक नेपाल
काठमाडौं, चैत ३
सेन्हाइजर इलेक्ट्रोनिक्स एसिया पीटीईएलटीडी (सेन्हाइजर एसिया)द्वारा नेपालमा वितरण विस्तार गर्नको लागि विशेष वितरकको रुपमा नियोटेरिक नेपाललाई नियुक्त गरेको छ । नेपालमा आईसीईटी (इन्फरमेसन, कम्युनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजी) वितरणमा संलग्न नियोटेरिक नेपालकै अग्रणी कम्पनी हो । आम उपभोक्ताहरुदेखि थोक बिक्रेताहरुसम्म वर्षौँदेखिको मजबुत एवं सुमधुर सम्बन्ध भएको नियोटेरिक नै सेन्हाइजर एसियाको हेडफोन र होम अडियो स्पिकर बिक्री वितरणको लागि योग्य प्रोत्साहक हो ।
नियोटेरिकसँगको सहकार्यले सेन्हाइजरको एसियाली क्षेत्रमा व्यापार विस्तार कार्यमा थप सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । नियोटेरिक नेपालले वितरण गर्ने सेन्हाइजरका थुप्रै उत्पादनहरु मध्ये एम्वीयो साउण्डबार पनि एक हो । सेन्हाइजर एसियाका कन्ज्युमर इलेक्ट्रोनिक्स रिटेलका उपाध्यक्ष क्रिसलोले नियोटेरिकसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । नेपालभर स्थापित नेटवर्कको फाइदा उठाई व्यापार प्रवर्धनमा थप अवसरहरुको लाभ लिन सकिने भएकोले सेन्हाइजर एसियाको लागि नियोटेरिक उत्तम विकल्प साबित भएको कम्पनीले दाबी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया