किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा
चितवन । किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्छ भने ।
उनले भने, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंविधान कार्यान्वयनमा सहयोग पु-याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ । ” कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले बोलेका थिए।
राससका अनुसार बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकले आगामी कार्यदिशा र आफ्ना मागका विषयमा छलफल गर्ने चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेका मध्ये चितवनमा आठ सयदेखि एक हजारबीचमा रहेका बताइएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ताजा अपडेट
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया