सुधारोन्मुख पर्यटन व्यवसाय
काठमाडौं । विश्वस्तरमा हेर्ने हो भने सन् १९६० मा नेपाल आउने पर्यटकको संख्या ४६ हजार रहेको थियो । यसै क्रममा सन् २०१९ मा आइपुग्दा यो संख्या बढेर ११ लाख ९७ हजार एक सय ९१ पुग्यो भने सन् २०२० र सन् २०२१ को तथ्यांकअनुसार नेपाल भ्रमणमा आउने पर्यटकहरूको अंकगणित नै खस्केर क्रमशः २ लाख ३० हजार र एक लाख ५० हजार नौ सय ६३ पुग्यो । त्यसरी नै सन् २०२२ को जनवरीमा १६ हजार नौ सय ७५ विदेशी नेपाल आएका थिए । यसरी नै सन् २०२३ को पहिलो महिना जनवरीमा नेपालमा ५५ हजार ७४ विदेशी पर्यटक आएका छन् । यसर्थ विश्वले बिस्तारै कोरोनाकाल अस्त भएको अनुभव गर्न थालेको र सन् २०२२ को जनवरीदेखि मे महिनासम्मको नेपाल घुम्न आउने विदेशीहरूको संख्या एक लाख ९० हजार सात सय ३९ पुगेको देखिन्छ । हामीले यसै दौरान अलिकति बढी केन्द्रित भएर हाम्रो बजारीकरणको आन्तरिक नीतिलाई फराकिलो पार्दै गयौँ भने वर्षको अन्त्यसम्म बाह्य आगमनको आँकडा उत्साहजनक नै हुनजाने निश्चित छ ।
वर्तमान सन्दर्भमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा योगदानका हिसाबले पर्यटन तेस्रो स्थानमा छ । मूलतः पर्यटन एउटा लचिलो उद्योग हो । यसमा परिस्थितिवश कुनै प्रकारको पनि प्रतिकूल झट्का लागेर यो चलायमान हुन सकेन र रोकियो भने पनि केही समयको अन्तरालपछि पुनर्ताजगी हासिल गर्छ र पूर्ववत् चल्न थाल्छ । यही विश्वासले गर्दा हाम्रो पर्यटन जति नै गम्भीर धरमराको अवस्थाबाट गुजिँ्रदा पनि येनकेन बाँचिरहेको थियो, तर कतैबाट आय नभई व्ययमात्र बढ्ने संकेत देखिन थालेपछि विशेष अभिरुचिका पर्यटकीय गतिविधि सञ्चालन गर्ने व्यवसायबाहेक अन्य पर्यटन व्यवसायहरू बन्द हुने स्थितिमा पुगे । धेरै व्यवसायीले व्यवसाय नै परिवर्तन गर्न बाध्य भएका दृष्टान्तहरू छन् । तैपनि पर्यटन सम्बद्ध संघ र संस्थालगायत नेपाल पर्यटन बोर्डले पर्यटनको पुनरुत्थानका लागि आकर्षक विभिन्न किसिमका कार्यक्रमहरू पर्यटक उद्गम हुने सम्भावित बजारमा पु-याइरहेका छन् । फलतः देशमा पनि कोभिडले थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने संकेत देखिएको छ । यसरी कोभिड महामारी कम भएसँगै सन् २०२२ को सुरुवातदेखि नै पर्यटक आगमन निरन्तर बढिरहेको छ ।
यसैक्रममा जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७, जुलाईमा ४४ हजार चार सय ६२, अगस्टमा ४१ हजार तीन सय चार, सेप्टेम्बरमा ५८ हजार तीन सय १४ र अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक भित्रिएको बोर्डले जनाएको छ । यसअघि कोभिडपछि अक्टोबर २०२० मा दुई हजार २५ र अक्टोबर २०२१ मा २३ हजार तीन सय ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यसरी अघिल्ला दुई वर्षको तुलनामा अक्टोबर २०२२ मा पर्यटक आगमनमा सुधार आएको सम्बन्धित क्षेत्रको भनाइ रहेको छ । यसरी अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १६ हजार नौ सय १० पर्यटक आएका छन् । यो संख्या २०१९ को तुलनामा ३३ प्रतिशतले बढी हो । अक्टोबरमा भित्रिएका कुल पर्यटकमध्ये १९ प्रतिशत भारतीय मात्र रहेका छन् । यसको साथसाथै शरद्कालीन पर्यटकीय सिजनमा नेपालमा हिमाल आरोहण र ट्रेकिङमा आउने पर्यटक पनि उल्लेख्य रहेको देखिएको छ । यसरी पर्यटन विभागले शरद् ऋतुमा नेपालसहित ७७ देशका तीन सय ११ महिलासहित १३ सय ६० आरोहीलाई आरोहण अनुमति दिएको छ । यो २ नोभेम्बरसम्म एक सय ६१ टिमले ४४ हिमाल आरोहण गर्न स्वीकृति लिएका छन् । यो सिजनमा हिमाल चढ्नेमा सबैभन्दा धेरै आमादब्लम छ जहार आठ सय १४ मिटर आरोहण गर्न ९७ महिलासहित चार सय २२, मनास्लु सात हजार दुई सय ३४ मिटर आरोहण गर्न ९७ महिलासहित चार सय चार आरोहीले अनुमति लिएका छन् । शरद् ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न एक महिलासहित पाँच जनाले मात्र अनुमति लिएका छन् ।
सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना, सन् २०२० मा दुई लाख ३० हजार ८५ जना र सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै हालै आएको पछिल्लो समाचारअनुसार सन् २०२२ को नौ महिनामा तीन लाख ८१ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । यसर्थ निश्चय नै यो सकारात्मक सङ्केत हो । किनभने, यो तथ्यांकले बाँकी सात महिनाको अवधिमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढेको बढ्यै छ । यसरी अर्कोतिर हेर्ने हो भने विश्व पर्यटक आगमनमा पनि लगभग तीन सय गुणाले बढोत्तरी भएको भनी विश्व संयुक्त राष्ट्र संघ, वल्र्ड टुरिज्म अर्गनाइजेन (यूएन–डब्लूटीओ)ले हालै प्रकाशित गरेको तथ्यांकमा उल्लिखित छ । जुन यूएन–डब्लुटीओले सन् २०२२ को जुलाई महिनासम्मको तथ्यांक बाहिर ल्याएअनुसार सात महिनामा विश्वमा चार सय ७४ मिलियन अर्थात् ४७ करोड ४० लाख पर्यटकले विभिन्न देशको भ्रमण गरेका छन्
हाम्रो देशमा आउने पर्यटनहरुमा बंगलादेशबाट दुई हजार सात सय २०, चीनबाट नौ सय ४६, मलेसियाबाट एक हजार पाँच सय ९०, साउथ कोरियाबाट एक हजार तीन सय ७१, थाइल्यान्डबाट एक हजार दुई सय ९६, फ्रान्सबाट चार हजार नौ सय २९, जर्मनीबाट चार हजार नौ सय ३५, इटालीबाट एक हजार चार सय ७१, नेदरल्यान्ड्सबाट एक हजार आठ सय ४२, स्पेन दुई हजार ९६, अस्ट्रेलियाबाट तीन हजार नौ सय ४६, क्यानडाबाट एक हजार छ सय ८२, यूएसएबाट ११ हजार आठ सय ५९, इजरायलबाट एक हजार चार सय ७२ जना पर्यटक नेपाल भित्रिएका छन् । यसको साथै अक्टोबरमा सार्क राष्ट्रबाट २१ हजार दुई सय ४१ अर्थात २४ प्रतिशत, अन्य एसियाली देशबाट छ हजार आठ सय ८१ अर्थात् ७ दशमलव ८ प्रतिशत, युरोपबाट ३० हजार चार सय ९० अर्थात् ३४ दशमलव ४ प्रतिशत, ओसेनियाबाट चार हजार तीन सय दुई अर्थात् ३ दशमलव ५ प्रतिशत, अमेरिका र क्यानडाबाट १३ हजार पाँच सय ४१ अर्थात् १५ दशमलव ३ प्रतिशत र मध्यपूर्वबाट १० हजार एक सय ४१ अर्थात् ११ दशमलव ४ प्रतिशत पर्यटक आएको विभागको तथ्यांक छ । यसरी देशमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने गर्छन् ।
अन्त्यमा भन्नुपर्दा उता विश्व पर्यटक आगमनमा पनि लगभग तीन सय गुणाले बढोत्तरी भएको भनी विश्व संयुक्त राष्ट्र संघ, वल्र्ड टुरिज्म अर्गनाइजेनले एकातिर प्रकाशित गरेको छ भने अर्कोरित हेर्ने हो भन त्यसो त नेपालको सन्दर्भमा विदेशी पर्यटक आगमनको कुरो गर्दा गएको सात महिनामै विगतका दुई वर्षमा भन्दा बढी संख्यामा विदेशी पर्यटकले हाम्रो देशको भ्रमण गरिसकेका छन् । यसर्थ पर्यटन विभाग तथा नेपाल पर्यटन बोर्डले सन् २०२२ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा नेपालमा भ्रमणमा आएको विदेशी पर्यटकको संख्या उल्लेख गरेअनुसार दुई लाख ८५ हजार ३६ रहेका छन् ।
यो तथ्यांंकको आधारमा हेर्दा कोरोना महामारीको चपेटा सन् २०२१ र पछि सन् २०२२ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आउने पक्काजस्तै भएको छ । यसको लागि नेपाल सरकारले आगामी सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । फलतः पर्यटन नीति २०६५ को समसामयिक परिमार्जन गर्ने राष्ट्रिय रणनीति तर्जुमा गर्ने निर्णय पनि बैठकले गरेको छ । यसको साथसाथै संघ, प्रदेश तथा स्थानीय तहमा आपसी समन्वय गरेर नेपालको पर्यटन पुनरुत्थानका कार्यक्रम तयार गर्ने निर्णयमा उल्लेख छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया