Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई लघुवित्तको नाफा छ करोड ५१ लाख

ग्लोबल आईएमई लघुवित्तको नाफा छ करोड ५१ लाख


काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ५१ लाख ४४ हजार पाँच सय ९५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ९९ लाख ७८ हजार चार सय २५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार तीन सय २६ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब १७ करोड २० लाख ९५ हजार नौ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ३६ करोड ४० लाख ५८ हजार नौ सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ९१ लाख ७० हजार ८३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड छ लाख १५ हजार चार सय २० रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने तीन दशमलव ६६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५२ करोड ६३ लाख ५३ हजार एक सय ७५ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ७० करोड ९० लाख ३३ हजार आठ सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ३१ लाख १४ हजार दुई सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ४० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6, #Page 6

तपाईको प्रतिक्रिया