टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प
काठमाडौं,शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ।
उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ।
सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ।पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ।
टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८:०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ।
पहिलेको भूकम्प र मृत्यु
उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७.८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो।
सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन्।टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन्।
उनले पछिल्लो भूकम्पका कारण टर्कीमा २१३ जना घाइते भएको बताए।प्रत्यक्षदर्शीले रोयटर्स समाचारसंस्थालाई अन्टाक्यामा भवनहरूमा थप क्षति भएको बताएका छन्।दक्षिणी टर्कीको हाटाईका मेयरले मानिसहरू भग्नावशेषमा फसेको बताएका छन्।
परकम्प
“मलाई गोडामुनि नै पृथ्वी फुट्छ जस्तो लाग्यो,” आफ्नो सातवर्षीय छोरालाई बोकिरहेकी स्थानीयवासी मुना अल-ओमरले भावुक हुँदै रोयटर्सलाई भनिन्।
भूकम्प गएका बेला उनी मध्य अन्टाक्याको एउटा पार्कमा बनाइएको आश्रयस्थलमा पालमुनि थिइन्।टर्कीका अधिकारीहरूले फेब्रुअरी पहिलो साताको भूकम्पपछि उक्त देशमा ६,००० भन्दाबढी परकम्पहरू आएको विवरण रहेको बताएका छन्।
त्यस क्षेत्रमा रहेको बीबीसीको टोलीले सोमवारको भुइँचालो यसअघिका परकम्पहरूको तुलनामा धेरै शक्तिशाली भएको महसुस भएको बताएको छ।
सिरियाको अवस्था
सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले भूकम्पपछि ४७० जना घाइते अस्पताल पुगेको बताएको छ।पछिल्लो भूकम्प इजिप्ट र लेबननमा पनि महसुस भएको थियो।
अफादले सोमवारको भूकम्पपछि ३२ वटा परकम्प गएको जनाएको छ। त्यसमध्ये सबैभन्दा ठूलो ५.८ म्याग्निट्यूडको थियो।उक्त क्षेत्रमा भूकम्पका कारण डर र अत्यास पैदा भएको छ।
एम्बुलेन्स र उद्धारटोलीहरू सडकमा लाइन लागेर सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्। (बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया