राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई (किसुनजी) ले पु-याएको योगदान अविस्मरणीय रहेकामा प्रबुद्ध व्यक्तित्वले जोड दिएका छन् । स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद डा. जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गरे ।
राससका अनुसार वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको औँल्याए । कार्यक्रममा वाग्मती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्यले किसुनजीले सदाचारी राजनीतिज्ञको परिचय बनाएको बताए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले किसुनजीको स्मरण गर्दै पार्टी सभापतिजस्तो पदमा हुँदासमेत उहाँले दुईवटा खल्तीको प्रयोग गरी व्यक्तिगत कामका लागि आफ्नै खर्च र पार्टीको कामका निम्ति मात्र पार्टीको कोष खर्च गर्ने गरेको घटना स्मरण गरे ।
कार्यक्रममा जिउँदो सहिदका रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान गरिएको थियो । सहिदका रूपमा भीमबहादुर तामाङको परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
क्याटेगोरी : राजनिति, समाचार
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया