समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने
टक्सार । प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो ।
कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभियान सुरु गर्न लागिएको हो । रेडपाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले लोपोन्मुख अवस्थामा जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्मा र जिल्लाको सुदूरउत्तर सल्पासिलिछो गाउँपालिका–५ दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गर्न लागेको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० मा उक्त क्षेत्रमा रहेका सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय भोजपुर र तिम्मा तथा दोभानेमा रहेकाका सामुदायिक वनसँग सहकार्य गरिने छ । यस आर्थिक वर्षमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि रेडपाण्डा नेटवर्कले अनुमानित रु. २० देखि २५ लाख बजेट उपलब्ध गराउने संस्थाले जनाएको छ ।
सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन तथा उक्त क्षेत्रको दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, निजी नर्सरीलाई सहयोग, विद्यालयमा इको क्लब गठन गरी सचेतना कार्यक्रम गर्ने, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रेडपाण्डा संरक्षण कार्यक्रमका अधिकृत कामना चौलागाईले राससलाई बताए । रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग बुधवार छलफलसमेत गरिएको छ । जिल्लास्थित सरोकारवालाको सहभागितामा अन्तक्र्रिया गरिएको हो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया