राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक
काठमाडौ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय संसद्का तीन सय ३१ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८१ मतदाता समावेश गरेको मतदाता नामावली बुधबार सार्वजनिक गरिएको हो ।
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम र नामावलीअनुसार नाम सार्वजनिक भएको उक्त कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । ती नामबारे बिहीबार १२ बजेसम्म उजुरी दिन सकिने र बिहीबार १२ बजेदेखि अपराह्न ३ बजेसम्म आवश्यक जाँचबुझ गर्ने र सोही दिनको ३ देखि ४ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ । यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रतिसदस्य मतभार ७९ र प्रदेशसभा सदस्यको प्रतिसदस्य मतभार ४८ रहेको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- प्रधानमन्त्रीको दाबीजस्तो अर्थमा सुधार देखिएन
- भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित
- चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
- लघुवित्तहरूको वित्तीय स्थिति
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया