Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेश प्रदेश १ प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन

 प्रदेश १ प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन


बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । विहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने उल्लेख गरे । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नवनिर्मित भवनको योगदान रहने उनले बताए । साथै उनले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे । प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने धारणा उनले व्यक्त गरे । प्रहरी महानिरीक्षक सिंहले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको चर्चा गर्दै कानूनको परिधिमा रही जन चाहना बमोजिमको कार्य गर्न निर्देशन दिए ।

उद्घाटन कार्यक्रममा उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश सत्य मोहन जोशी थारु, प्रदेश सरकारका मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया