सगरमाथा इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा बिहीबार सम्पन्न भएको वार्षिकसभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ दशमलव ४० प्रतिशतको दरमा बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को तुलनामा आव २०७८–०७९ १८ दशमलव ७६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै तीन अर्ब १० करोड रूपैयाँबराबरको बीमाशुल्क आर्जन गरी एनएफआरएसअनुसार ३७ करोड आठ लाख ८० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
वार्षिक साधारणसभामार्फत अध्यक्ष मानन्धरले कम्पनीले कुल दाबी भुक्तानीतर्फ यस आर्थिक वर्ष गत आर्थिक वर्षको तुलनामा ३९ दशमलव ३४ प्रतिशतले वृद्धि गरी एक अर्ब ८५ करोड ६० लाख ६७ हजार रूपैयाँ पु-याउन सफल भएको जानकारी दिए । यसैगरी कम्पनीले २० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रूपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै मर्जर सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम रहेको एक सय कित्ताबराबर एक सय कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको एक सय कित्ताबराबर ८० कित्ता सेयर अर्थात् १००ः८० कायम हुनेगरी निर्धारण गरिएको सेयर आदानप्रदान अनुपात कायम हुनेगरी मर्जर प्रस्ताव पारित गरेको जानकारी कम्पनीले दिएको छ ।
मर्जरपछि बन्ने सगरमाथा लुम्बिनी इन्योरेन्स कम्पनी लिमिटेड (सलिको) एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा स्थापित गराउने उद्घोष पनि कम्पनीका अध्यक्ष मानन्धरले गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया