Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड सुरु

पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड सुरु


काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड सुरु भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सद्वारा गठित अपाचे ओनरस्ग्रुप (एओजी) को आयोजनामा बिहीबारदेखि मार्क्यु राइड सुरु भएको हो ।

मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ । यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि पाँच सयभन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए । काठमाडौंबाट सुरु भएको यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाडा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कलकत्ता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्नेछन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ ।

अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ । टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्सल राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । यी राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले पनि यो कार्यक्रमलाई सहयोग गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टीभीएसलाई बोर्डले विज्ञापन र पीएसए मार्फत कार्यक्रमको प्रवर्द्धनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया