अध्यक्ष नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्ने तयारी
काठमाडौं । एकीकृत समाजवादी, नेकपा माओवादी र जनता समाजवादीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेका छन् ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार साँझ बसेको तीन दलको बैठकमा अध्यक्ष नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्न र राष्ट्रिय सहमति खोज्न नेपाली कांग्रेस र नेकपा एमालेसँग संवाद गर्ने सहमति भएको हो । त्यसका लागि कांग्रेस र एमालेसँग शुक्रबार संवाद गरेर राष्ट्रिय सहमति जुटाउन प्रयास गर्ने नेताहरूले बताएका छन् । तीन दलको शुक्रबारको बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने बताएको छ ।
बैठकमा माधव नेपाललाई एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले राष्ट्रपतिका रूपमा अघि सार्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई माओवादीले छलफल गर्न सकिने बताएको छ ।
बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने भन्ने टुङ्गो लाग्ने बताए । ’तीन दल र नेपाली कांग्रेसबीच शनिबार छलफल गर्ने सहमति भएको छ, शनिबार उहाँहरूसँग छलफल गरेपछि राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने टुङ्गो लाग्छ’, श्रेष्ठले भने ।
दलहरुबीच छलफल भए पनि ठोस सहमति हुन बाँकी रहेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रतिक्रिया दिएका छन् । ज्वालाले राष्ट्रिय सहमतिको रूपमा अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए त्यसलाई अस्वीकार नगर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ लका विद्यार्थीलाई अभिमुखीकरण
- सिटिजन्स बैंक र नेपाल क्लियरिङबीच सम्झौता
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया