Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिरामचन्द्र पौडेल र रवि लमिछानेको भेटघाट

रामचन्द्र पौडेल र रवि लमिछानेको भेटघाट


काठमाडौं । राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा रास्वपा सभापति लामिछानेलाई पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । यसअघि नै नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरिसकेका छन् । तर रास्वपाले भने अहिले केही निर्णय गरेको छैन ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया