नविल इन्भेष्टमेन्ट बैंकिङको व्यावसायिक परामर्श
काठमाडौं, चैत ४
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले व्यावसायिक परामर्श सेवा दिने भएको छ । कम्पनीले देशमा छरिएर रहेका उद्योगी, व्यवसायी संघसंस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यावसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।
यो सेवाअन्तर्गत आफ्नो उद्योग व्यवसाय सञ्चालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय सञ्चालन गर्न चाहने व्यवसायीहरूको लागि वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्याङ्कन, सेयर इक्विटी मूल्याङ्कन, आम्दानी योजना, खर्च योजना, पुँजीगत बजेट, पुँजी संरचना साथै देशभरि छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई नबिलले साना तथा मध्यम वर्ग तथा स्टार्टअपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
- विश्वका विभिन्न देशमा मनाइयो संविधान दिवस
- उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया