कुमारी बैंक र हेरिटेज होटलबीच सम्झौता
काठमाडौं, चैत ४
कुमारी बैंक लिमिटेड र हेरिटेज होटल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार होटलका विशेष सेवाहरूमा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरूलाई विशेष छुटको प्रावधानसम्बन्धी सम्झौता भएको हो । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियशील राख्नलगायत शारीरिक स्फूर्ति एवं मानसिक ऊर्जा र सचेतनापूर्ण जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, बैंकले आफ्ना ग्राहकहरूलाई यो सहकार्यमार्फत पोखरास्थित हेरिटेज होटलका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको जानकारी दिएको छ ।
बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरूले उक्त होटल बसाइमा रुम शुल्कमा २५ प्रतिशत खानपानमा र स्पा सुविधाहरूमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हाल एक सय २४ शाखा सञ्जाल, एक सय २२ एटीएम, २१ शाखारहित इकाइ तथा छ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको कुमारीले आगामी दिनहरूमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया