विकास बजेट अभाव टार्न ५० करोडको वैदेशिक रोजगार बचतपत्र
काठमाडौं,देश विकासको निम्ति वित्तीय साधन जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले आज फागुन १४ गते आइतबारबाट ५० करोड रुपैयाँबराबरको राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत वैदेशिक रोजगार बचतपत्र ‘२०८४’ क (५ वर्षे) बिक्री खुल्ला गरेको हो ।
यसको उद्देश्य अहिले राष्ट्र बैंकमार्फत गरेको लगानी पाँच वर्ष पुगेपछि ब्याजसहित फिर्ता पाइनेछ । राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद अवधि चैत ३ गतेसम्म तोकिएको छ । निष्काशन मिति २०७९ चैत १० गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८४ चैत १० गते तोकिएको छ ।
वार्षिक १२ दशमलव ५० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिकरुपमा हुुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र देशबाहिर रोजगारीमा संलग्न वा देशबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, प्रभुु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट प्रालि, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि, आईएमई लिमिटेड, एनएमबी बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र इसेवा मनी ट्रान्सफरसहितका १५ वटा बिक्री एजेन्टहरु तोकिएका छन् ।
राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने छ । चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै टे«जरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरिसकेको छ ।
आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासिक अर्थात् पुस मसान्तसम्ममा १५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल र १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी कुल ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिसकेको छ । यसैगरी तेस्रो त्रैमासिकमा पनि ६० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, २५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे समेत गरी कुल ८८ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्ने तयारी राष्ट्र बैंकको छ ।
चालू आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा भने राष्ट्र बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ७५ अर्ब रुपैयाँबराबरको टे«जरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे निष्काशन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणमध्ये एक खर्ब ५० अर्ब रुपैयाँबराबरको टे«जरी बिल, एक खर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, पाँच अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र पाँच वर्षे र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया