Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा सोमबार बिहान बैठक बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले बताए ।

उनका अनुसार बैठकमा राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल र देशमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल गरिने छ । अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन। दुबैतिर छलफल चलिरहेको छ, उनले भने ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्। पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए। राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा रास्वपालाई बोलाइएको थिएन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया