ईयू नेताहरू कोरोनाबारे भिडियो सम्मेलन गर्दै
ब्रसेल्स, चैत ४
कोरोना भाइरस संक्रमण थप फैलिनबाट रोक्ने र संक्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ मंगलबार युरोपेली युनियनका नेताहरूबीच भिडियो कन्फरेन्स (सम्मेलन) हुने भएको छ । ‘भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस संक्रमण र औषधिबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने सम्भावित नतिजालाई सीमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्नेछ’, युरोपेली परिषद् प्रमुख चार्ल्स मिसेलले ट्वीटमार्फत जानकारी गराए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका नेताहरूबीच यस्तै सम्मेलन आइतबार भएको थियो भने सोमबार क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका (जी–७ राष्ट्र) का उच्च तहका नेताहरूबीच भिडियो सम्मेलनमार्फत कोरोना नियन्त्रणबारे छलफल हुने कार्यक्रम छ । परिषद्का प्रमुख मिसेलले सम्मेलनको आह्वान गरेका हुन् । विश्व स्वास्थ्य संगठनले अहिले युरोपलाई कोरोना भाइरसको संक्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ ।
सुरूमा चीनबाट पत्ता लागेको कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बन्दै गएको सन्दर्भमा विभिन्न मुलुक तथा क्षेत्रले एकतर्फीरूपमा आफ्ना सीमाबाट आवागमनलाई बन्द गर्ने तथा सिमानामा कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका कडा उपायहरू अवलम्बन गरेको अवस्थामा ईयू प्रमुखहरूले पनि ईयूको साझा धारणा बनाउने उद्देश्यका साथ छलफलका लागि सम्मेलनको आयोजना गर्न लागेको हो ।
यसैबीच यूरो क्षेत्रमा एकल मुद्रा प्रयोगकर्ता मुलुकहरूको समूहका अर्थमन्त्रीहरूले पनि कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई कसरी कम गर्ने भन्ने बिषयमा छलफल पनि सोमबार भिडियो सम्मेलनमार्फत गर्ने बताएइएको छ । उनीहरूले संक्रमणका कारण पर्ने आर्थिक भारलाई कम गर्न वित्तीय प्याकेज बनाएर अघि बढ्ने विषयमा छलफल गर्ने बताएका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया