Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसरकारबाट बाहिरिने एमालेको निर्णय

सरकारबाट बाहिरिने एमालेको निर्णय


काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेर काम गर्ने सोँच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहप्रति गरेको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।

उनले ‘मन्त्रिपरिषद्को निर्णयअनुसार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन जान लागेकी परराष्ट्रमन्त्रीलाई नजान निर्देशन दिएकोमा आक्रोस व्यक्त गरे । सार्वजनिक रूपमा नै सरकारमा एमालेको सहभागिताबारे टिप्पणी गरेपछि सरकारबाट अलग हुने निर्णय गरेको पौडेलले बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया