गाईको पिसाब (मूत्र) पौराणिक एवं आधुनिक उपयोग
काठमाडौं । पूर्वीय संस्कृतिमा गाईलाई आमाको दर्जा दिइएको छ । गाईबाट प्राप्त उत्पादन अनेकौँ रोगहरुको निवारणमा उपायोग गरिन्छ । गौमूत्र जुन कि पञ्चगव्यको पनि एउटा महत्वपूर्ण घटक हो । प्राचीन समयदेखि अनेक रोगहरुको उपचारमा उपयोग हुन्छ । यसको वर्णन चरक संहिता, सुश्रुत संहिता, बृहत् भागवत्, अथर्ववेद, भाव प्रकाशमा पनि गरिएको छ । पछिल्ला केही वर्षहरुको अवधिमा गरिएको अध्ययनअनुसार गौमूत्र, रक्तचाप, धमनीहरुमा हुने रुकावट, अवरोध, कब्ज, बबासीर, माइग्रेन, स्त्री प्रसूति रोगहरु, कान तथा नाकका रोगहरुसँग लड्न सक्षम छ । प्राचीनकालमा गौमूत्रलाई आधुनिक युगको एन्टिवायोटिकलाई जस्तै गरी प्रयोग गरिन्थ्यो । यो धेरै तरिकाले उपयोगी प्रकाश पार्नुभन्दा पहिला यसको रासायनिक घटकहरुको जानकारी आवश्यक छ जुन निम्नलिखित छन् ।
सोडियम, नाइट्रोजन, सल्फर, मैगनीज, आइरन, सिकान, क्याल्सियम साल्टस, सिट्रिक एसिड, एन्जाइम्स, ल्कोरिन फासफेट, कारवोलिक एसिड, हरमौन्स, मैग्नीसियम लैकटोज सकिसनिक एसिड क्रिएटिनिन भिटामीन ए, बी, सी, डी तथा ई ।
उपरोक्त घटक वा घटकहरुको कमबेसी नै विभिन्न खाले रोगको कारण बन्दछ । गौमूत्रमा यी सबै एक सन्तुलित मात्रामा हुन्छन् । अतः यसको उपयोगबाट शरीर रोगमूक्र हुन्छ ।
गौमूत्रको पौराणिक उपयोग :
आर्युवेदमा गौमूत्रको निम्नलिखित उपयोग वर्णित छ ।
गौमूत्रको औषधीय गुण : युरिया, क्रिएटिनन, कारबोलिक एसिड फिनोल्स, क्याल्सियम, मौगनिजयुक्त भएका कारणले गौमूत्रमा किटानुनाशक गुण छ । एन्टी अक्सिडेन्ट गुण तथा एलैन्टाइनका कारण गौमूत्रलाई क्यान्सरको उपचारमा पनि उपयोग गर्न सकिन्छ । एलैन्टाइनको कारणले पनि गौमूत्र घाउ भरिने गतिलाई छिटो गराउँछ । गौमूत्र नियमित सेवन गर्नाले शरीरको रोग प्रतिरोधक क्षमतामा अभिवृद्धि हुन्छ । मुटु तथा रक्त सञ्चार प्रणालीमा गौमूत्र निम्नरुपबाट लाभकारी हुन्छ कैलीकेरिनले धमनीहरु फैलाउँछ । युरोकाइनेजलेमा फिब्रिनो लाइटिक गुणका कारणरगत जम्नबाट रोक्तछ । नाइट्रोजन, सल्फर, सोडियम तथा क्याल्सियमले रक्त शुद्धीकरणमा मद्दत गर्दछ । तामा र क्याल्सियमले मोटोपन कम गर्ने तथा हाडहरु बलियो बनाउँछ । तामामा विषधर औषधिको गुण हुन्छ । गौमूत्रले शारीरिक समस्थितिलाई बनाएर राख्छ तथा निम्नलिखित प्रक्रियाहरुलाई प्रभावित गर्दछ । बोसो लाग्न कम गर्ने मानसिक तनाव हटाउने, शरीरको विषालु पदार्थहरु सफा गर्ने, मुटु र मस्तिष्क बलियो बनाउने ।
गौमूत्रको कृषि कार्यमा उपयोग : पञ्चगव्य गाईबाट प्राप्त पाँच उत्पादनहरुलाई मिलाएर बनाइन्छ जुनकी दुध, दही, घ्यू, गौमूत्र र गोबर हुन् । यसलाई कृषि भूमिमा उर्वरक तथा किटनाशकको रुपमा उपयोग गर्न सकिन्छ । हालैको अनुसन्धानले गौमूत्र मात्रै एक्लै पनि किटनाशकको रुपमा प्रयोग गर्न सकिनेछ । गौमूत्रले आसुत जैव सक्रिय अणुहरुको गतिविधिहरुलाई तेज गराउँछ जस्तैः क्यान्सरविरोधी औषधिहरु पुष्टिकर, एन्टिबायोटिक आदि । गौमूत्रले माटोमा नाइट्रोजनकै मात्रा बढाउँछ जसले गर्दा बालिनालीको उत्पादनमा वृद्धि गराउँछ ।
माहुरीपालनमा गौमूत्रको उपयोग : युरोपियन फाउलबु्रड माहुरीपालनमा नकारात्मक असर पु-याउने एउटा सर्वकालिक रोग मानिन्छ । यस स्थितिमा गौमूत्र त्वरित एवं समग्र समाधान प्रदान गर्दछ । माहुरीको विकासमा सहयोग गर्दछ र तिनको कार्यक्षमतामा अभिवृद्धि गराउँछ ।
अन्त्यमा : गौमूत्र पद्धति आउने दिनमा एउटा महत्वपूर्ण अनुसन्धानको विषय हुन सक्तछ । आयुर्वेदमा गौमूत्रलाई जीवनका लागि अमृत मानिएको छ । अतः गौमूत्र पद्धति आउने दिनमा अनेकौँ अन्य भयानक रोगहरुको उपचार बन्न सक्तछ । किनकि यो पर्यावरण हितैषी, आर्थिक रुपबाट सजिलै जतिसुकै पनि सहजरुपमा उपलब्ध छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया