टोयोटाको विश्वव्यापी कार बिक्री घट्यो
जापान । टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ ।
जापानको आइची प्रिफेक्चरमा मुख्य कार्यालय रहेको कार कम्पनीले रिपोर्टिंग अवधिमा यसको बिक्री कूल सात लाख नौ हजार ८७०युनिट भएको बताएको छ । सेमिकन्डक्टरको अभावले विश्वभरका अटोमेकरहरूलाई पिरोलिरहेको समय जापान र विश्वको सबैभन्दा ठूलो कार कम्पनी टोयोटा यसको अपवाद बन्न नसकेको कम्पनीले जनाएको छ ।
प्रियस हाइब्रिड र कोरोला सेडान मोडलको निर्माता कम्पनीले रेकर्डिङ अवधिमा विदेशमा यसको बिक्री ९.७ प्रतिशतले घटेर पाँच लाख ७९ हजार ६५२ युनिटमा झरेको जनाएको छ । टोयोटाका अनुसार जनवरीमा उत्तर अमेरिकी र चिनियाँ बजारमा बिक्रीमा उल्लेखनीय गिरावट आएको छ ।
यसैबीच, टोयोटाले जापानमा कार निर्माता यस कम्पनीको बिक्री १८.० प्रतिशतले बढेर उक लाख ३० हजार दुई सय १८ युनिट पुगेको बताएको छ । आफ्नो लोकप्रिय हाइल्याण्डर एसयूभीका लागि चिनिने टोयोटाले रेकर्डिङ अवधिमा उत्पादनमा वृद्धि देखेको छ र विश्वव्यापी उत्पादन ८.८ प्रतिशतले बढेर छ लाख ८९ हजार ९० युनिट पुगेको छ ।
टोयोटाका अनुसार दुई लाख ११ हजार पाँच सय ७२ युनिटको उत्पादन ३० प्रतिशतले बढेको छ । उत्तरी अमेरिका र युरोपमा ठोस वृद्धिले विदेशी उत्पादन १.४ प्रतिशतले बढेर चार लाख ७७ हजार पाँच सय १८ युनिट पुगेको छ । टोयोटाले फेब्रुअरीमा सात लाख ५० हजार युनिट उत्पादन हुने प्रक्षेपण गरेको छ भने मार्चमा नौ लाख गाडी उत्पादन हुने अनुमान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया