डिस्कबरका कार्डहरू एससीटीमा आबद्ध बैंकको एटीएममा प्रयोग गर्न सकिने
काठमाडौं । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रूपे इन्टरनेसनल कार्डहरू एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरूमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरूद्वारा जारी गरिएका कार्डहरू चलाउन मिल्ने भएको छ ।
यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रूपे इन्टरनेसनल कार्डहरू एससीटी नेटवर्कअन्तर्गतका एटीएमहरूमा प्रयोग गर्न सकिने भएको हो । यसका साथै डाइनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरूलाई पनि एटीएममार्फत कारोबार गर्नलाई सहज र सरल हुने आशा गरिएको छ । यो सुविधा छिटै नै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन गरेका एटीएमहरूमा पनि विस्तार गर्ने योजना राखिएको छ ।
हाल भारतमा लोकप्रिय बन्दै गएको रूपे कार्ड भारतमा कार्यरत नेपालीहरू तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधासँगै रूपे कार्ड प्रयोगकर्ताहरूलाई निकै सहज हुने आशा गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया