Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशस्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ


मोरङ । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया