१५ हजार बालबालिकालाई दादुराको खोप लगाउन सुरु
सुबास बस्नेत
दोलखा, चैत ५
जिल्लाभर रहेका १५ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने कार्य सुरु भएको छ । स्वास्थ्य कार्यालय दोलखाले दुई चरणमा बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने जनाएको छ । दादुरा रुवेला खोपको राष्ट्रिय अभियानअन्तर्गत स्वास्थ्य कार्यालय दोलखाले नौ महिनादेखि पाँच वर्षसम्मका १५ हजार सात सय ८२ बालबालिकालाई खोप लगाउने भएको हो ।
नौ स्थानीय तह रहेको दोलखामा पहिलो चरणमा आइतबार गतेदेखि पाँचओटा स्थानीय तहमा खोप लगाउन सुरु गरेको छ भने आगामी चैत १३ गतेदेखि चारओटा स्थानीय तहमा दादुरा रुबेलाको खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । पहिलो चरणमा भीमेश्वर नगरपालिका, बिगु गाउँपालिका, गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँपालिक र शैलुङ गाउँपालिकामा चैत १० गतेसम्म खोप सञ्चालन हुनेछ । त्यसैगरी दोस्रो चरणमा जिरी नगरपालिका, वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकामा चैत १३ गतेदेखि २१ गतेसम्म दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम रहेको छ । दादुरा रुबेलाविरुद्धको खोप लगाउने यो पाँचौँ राष्ट्रिय अभियान हो । खोप लगाउनको लागि जिल्लामा दुई सय ९० ओटा खोप केन्द्र स्थापना गरिएको छ ।
सरदर प्रत्येक स्थानीय तहमा कम्तीमा ३० ओटा केन्द्रको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । खोप लगाउनको लागि दुई सय स्वास्थ्यकर्मी र एक हजार दुई सय ७५ स्वास्थ्य स्वयमसेविकाहरू परिचालन गरिने प्रमुख झाले जानकारी दिए । बागमती प्रदेशको नुवाकोटबाहेक सबै जिल्लाहरूलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकिएको छ । अझै केही बालबालिकाहरू खोप लगाउन नियमित खोपकेन्द्र नगएको तथ्याङ्कले देखाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
- चीनको जीडीपी चार दशमलव छ प्रतिशत बढ्यो
- बजार परिसुचक २६ सय ९७ बिन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया