फुटवेयर एक्स्पो हुँदै
चितवन । प्रथम चितवन फुटवेयर एक्स्पो हुने भएको छ । चितवन उद्योग संघ र नेपाल जुत्ता घरको संयुक्त आयोजनामा एक्स्पो हुनलागेको हो । बुधबारदेखि सुरु भएर चैत १७ गतेसम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, महिला, पुरुष सबैलाई हुने जुत्ताचप्पल राखिने जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।
विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको उनले बताए । मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले एक्स्पोमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजारभन्दा धेरै प्रकारका जुत्ता एकै ठाउँमा पाउन सकिने बताए । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनबारे जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो । नेपाली उत्पादनको प्रवर्द्धन गर्नका लागि एक्स्पो गर्न लागिएको हो । प्रत्यक्ष उपभोक्तासँग छलफल गर्दै काम गर्न, नेपाली उत्पादनको प्रचारप्रसार गर्दै बाह्य बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ एक महिना लामो एक्स्पो गर्न लागिएको उनले जानकारी दिए । प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ । सो अवसरमा छुटको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
हरेक वर्ष प्रदर्शनी गर्ने योजनाका साथ कार्यक्रम गरिएको उनको भनाइ थियो । पत्रकार सम्मेलनमा नेपाल फुटवेयर एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले नेपालमा एक हजार पाँच सय उद्योग रहेको बताए । तीमध्ये लघु उद्योग एक हजार, मझौला उद्योग दुई सय, निर्यात गर्ने उद्योग दुई सय, ठूला उद्योग एक सय रहेको जानकारी दिए । नेपालमा वार्षिक १६ करोड जोर जुत्ता उत्पादन हुँदै आएको छ । तीमध्ये नेपालको खपत १० करोड जोर रहेको उनले जानकारी दिए । नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्बको लागत रहेको उनको भनाइ छ । नेपालमा उत्पादित जुत्ताले निर्यातका लागि एक दशमलव पाँच प्रतिशत हिस्सा लिएको उनले जानकारी दिए ।
कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव छ प्रतिशत योगदान पु-याएको यस व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तीमध्ये ६० प्रतिशत नेपाली कामदार रहेका छन् । जुत्ता उत्पादनमा पूर्ण आत्मर्निभर यस व्यवसायले भारतसहितका १८ देशमा जुत्ता निर्यात गर्ने गरेको घिमिरेले जानकारी दिए । विदेशबाट चोरी पैठारी गरी आएका सामानका कारण ३५ देखि ४० प्रतिशत मात्रै उद्योग सञ्चालनमा आएको उनले बताए । नेपालको जुत्ता उत्पादनले ६० देखि ६५ प्रतिशत क्षेत्र ओगटेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया