डाबर नेपालद्वारा बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग
काठमाडौं । डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ, डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थालाई उक्त रकम सहयोग गरेको हो ।
यस्तै कम्पनीले संस्थानसँग नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउन र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने सम्झौता समेत गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु-याउने उद्देश्यले कम्पनीले गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन संस्थानलाई सहयोग गरेको जनाएको छ । उक्त रकम कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस हेड एचएस बेदीले संयुक्त रुपमा संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका थिए ।
डाबर नेपाल, काठमाडौंको प्रांगणमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा डाबर नेपालका एचआर हेड अनिल पुरी र संस्थानका एडमिन कन्सल्टेन्ट मंदार शिखर ब्यानर्जी पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया