Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा शर्मा

मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा शर्मा


काठमाडौं । न्यूरोडको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ । ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको नयाँ नेतृत्वमा गुरुदत्त शर्मा सर्वसम्मत चयन भएका छन् । शर्मा यसअघि संघको उपाध्यक्ष र सचिव रहिसकेका छन् ।

अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ । जसअनुसार संघको वरिष्ठ उपाध्यक्षमा अनिल ढकाल, उपाध्यक्षमा विवेक शर्मा र कल्पना तिवार, महासचिवमा गोपाल बहादुर क्षेत्री, सचिवमा रमण पराजुली र कोषाध्यक्षमा मोती कोइराला सर्वसम्मत निर्वाचित भएका हुन् । यसका साथै कार्यसमिति सदस्यहरुमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डागी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानिया चयन भएका छन् । संघको वरिष्ठ सल्लाहकारमा संजीत पौडेल तथा सुदिप बानियाँ चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्षमा शर्माले संघले मोबाइल व्यवसायीको समस्याहरुलाई समाधान गर्दै आगामी दिनमा नयाँ योजनाहरु ल्याउने बताए ।

‘ताम्राकार कम्प्लेक्स देशकै मोबाइल व्यवसायको केन्द्र हो । त्यसैले यहाँका व्यवसायीहरुको समस्या बढ्दा देशभर असर पार्दछ । पछिल्लो समय मोबाइल व्यवसायमा देखिएको अन्य चुनौतीहरुले समेत असर पारिरहेका छ । नयाँ नेतृत्वले सबैसँग मिलेर समस्याहरु समाधान गर्नेछ’, अध्यक्ष शर्माले भने । यसका साथै नयाँ नेतृत्वले ताम्राकार कम्प्लेक्समा विभिन्न प्रवद्र्धनात्मक कार्यहरुका साथै व्यापार व्यवसायीमैत्री गतिविधिहरु गरिने जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया